MENU


गेस्टोनोमी मोर्डन नेपाली फुड फेस्ट हुदै पोलेको मःम चाख्न पाइने

काठमाडौ, हस्पिटालिटी फाउण्डेसन अफ नेपालको आयोजनामा गेस्टोनोमी मोर्डन नेपाली फुड फेस्टको आयोजना हुने भएको छ । होलीलाई लक्षित गरेर फागुन २७, २८ र २९ गते कार्यक्रम आयोजना गर्न लागेको हस्पिटालिटी फाउन्डेसन अफ नेपालका अध्यक्ष महेशराज ढकालले बताउनु भयो । पाँच तारे होटलमा पनि नपाक्के खानाको स्वाद रु १०० मा चखाउने ढकालले बताउनु भयो । पोलेको मःम चखाउँदै छौ ढकालले भन्नु भयो जुन अहिलेसम्म नेपालको मेनुमा समावेश छैन । नेपालको खानाको परिकारलाई फरक तरिकाले फरक स्वादमा पस्कन कार्यक्रमलाई आयोजना गर्न लागेको सेफ एसोसिएसनका उपाध्यक्ष सुरेशचन्द्र बस्नेतले बताउनु भयो ।

17200920_10155231158816282_7063213652518119358_nसामाखुसी स्थित रेडन कलेज नजिकै स्रमाट गार्डेन रेष्टुरेन्टमा तिन तिन दिन सम्म चल्ने मेलामा दस हजार बढिले खानाको स्वाद चाख्न पाउने अभियानकर्ता राजु भट्टले बताउनु भयो । नेपालको पर्यटन र सत्कार उद्योग क्षेत्रमा विगत ५ बर्षदेखि विभिन्न प्रकारका व्यवस्थापन, परामर्श, तालिम लगायतका कार्यहरु गर्दै हस्पिटालिटी फाउन्डेसन अफ नेपालले अग्रेजी भाषामा नेशनल अपलिफमेन्ट मासिक म्यागाजिन प्रकाशित गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस