चितवन । नेपालको तेस्रो पर्यटकीय नगरी सौराहामा पहिलो पटक थारुहरुको संस्कृति प्रचार गर्ने उद्देश्यले फगुवा साँस्कृतिक महोत्सव सुरु भएको छ । महोत्सव भोलि २८ गते सम्म चल्नेछ । थारु जातिको ऐतिहासिक महत्व बोकेको महोत्वसमा थारुहरु एकै ठाउँमा भेला भई ‘समत’ प्रज्वलन गरी फगुवा महोत्सवको सुरुवात गरेका थिए ।
रत्ननगर नगरपालिकाको वडा नं. १७ सिसुवार (सौराहा)को चौरमा कार्यक्रम भएको मूल समितिका संयोजक मागर महतोले जानकारी दिए । थारु समुदायको महान चाड फगुवामा फागु पूणिर्माको बेलुका हरेक थारु गाउँमा चीर बनाएर जलाउने गरिन्छ । त्यसलाई थारु भाषामा ‘समत लेसे’ भनिन्छ । त्यसको अर्को दिन सबेरै समत पोलेको खरानी उडाउने र खरानीकै टीका लगाएर फगुवा मनाउने गन्छि । त्यस दिनलाई धुरहेरी भनिन्छ ।
समत (चीर) सम्बन्धी विभिन्न किंवदन्तीहरु छन् । हिन्दु धर्ममा यसलाई होलिका दहनको रुपमा लिइन्छ ।
थारु साँस्कृतिक नाचगीतका साथै थप मनोरञ्जनका लागि आधुनिक गायक कलाकारहरुको समेत प्रस्तुति रहने साँस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक दिपेश चौधरीले जानकारी दिए । महोत्सवमा लोकगायक मिलन लामा, संजय चौधरी, मनोज महतो लगायतका गायकहरुको प्रस्तुति रहनुका साथै अन्तिम समयमा डिजे गीत संगीतमा पार्टी डान्सको समेत व्यवस्था गर्ने आयोजकले जनाएको छ ।
महोत्सव अवलोकनका लागि निःशुल्क प्रवेशका साथै थारु खाना बिक्री वितरण गर्नेहरुलाई पनि निःशुल्क स्थान दिइने आयोजकले जनाएका छन् । महोत्सव, थारु साँस्कृतिक संग्राहलय र प्याराडाइज युवा क्लवले आयोजना गरेको हो । महोत्सवले थारुको पहिचान, संस्कृतिलाई थप उजागर गर्ने आयोजकहरुको विश्वास छ ।
पवित्रा मुडभरी काठमाण्डौ, क्वेष्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा मिस भ्याली आइकन प्रतियोगिता हुने भएको छ । १३ जना प्रतियोगि रहेको आइकनमा १६ देखी २६...
बौद्ध, ओशो दिव्यालयको दोश्रो साधारण सभा आज वौद्धमा सम्पन्न भएको छ । रजनिश ओशोको साहित्य, ध्यानलाई सर्वसाधारणसम्म फैलाउने उदेश्यमा अगाडी बढ्न नयाँ कार्यसमिति...
काठमाडौँ । स्थानीय गौशालादेखि कमलपोखरीसम्मको मूल सडकलाई आज फोहरमुक्त सडक घोषणा गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा सो सडकलाई फोहरमुक्त सडक घोषणा...
काठमाडौं । हिमालयन ट्राभल मार्ट आगामी जुन १ देखि ४सम्म काठमाडौंको सोल्टी होटलमा हुने भएको छ । नेपाललाई हिमालय क्षेत्रको प्रबेश मार्गको रुपमा...
सुरज न्यौपाने, काभ्रेपलान्चोक जिल्लाको ग्रामिण पर्यटनको प्रवद्र्धन गर्ने उदेश्य सहित १५ बैशाख शनिवार हाइकिङ आयोजना हुदै छ । पर्यटन प्रवद्र्धन, स्थानिय कला संस्कृतिको...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline