काठमाण्डौ, नेपाल पर्यटन बोर्डमा हस्पिटालिटी फाउन्डेशन अफ नेपालको आयोजनामा हस्पिटालिटी अवार्ड सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री परशुराम तामाङ्गको प्रमुख आतिथ्य र कृषि राज्यमन्त्री राधिका तामाङको विशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विभिन्न युवा पर्यटन व्यवसायीलाई सम्मान गरिएको थियो । कार्यक्रमम इनोभेटिभ सेफ अफ दि एयरवाट कुमार चालिसे, हस्पिटालिटी इन्टरपेनरवाट राजेन्द प्रसाद त्रिपाठी , गेस्टोनमि एवार्डवाट सुरेश चन्द्र बस्नेत, बेस्ट रेस्टुरेन्ट इन पोखरावाट डुङ्गा रेस्टो एण्ड लन्ज बार वाट राजेश गुरुङ्ग, वेस्ट बुटिक होटलवाट अप्सरा ब्ुाटिक होटल ठमेलका रमेश नापित , वेस्ट ट्राभल एण्ड टुर वाट हिमालयन डिस्कोभरी नेपालका एलेक्स नेपाल (सुरेश लम्साल) र वेस्ट एयर होस्टेस एकेडमी एवार्डबाट फल्याइटेक इन्टरनेशनलका नाजिर हुसैनलाई सम्मान तथा एवार्ड वितरण गरिएको थियो ।
नेपालको इतिहासमा पहिलो पटक यस खालको एवार्ड प्रदान गरिएको हस्पिटालिटी फाउन्डेशन नेपालका अध्यक्ष महेशराज ढकालले बताउनु भयो । कार्यक्रममा टान अध्यक्ष चन्द्र रिजाल, नेपाल पर्यटन बोर्ड सदस्य राजेन्द्र सापकोटा, निट नेपालका अध्यक्ष दिपक महत लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
धादिङ, गणेश हिमाल पर्यटन विकास समितिले धादिङ जिल्लाको उत्तरी क्षेत्र रुवी भ्यालीलाई संरक्षित क्षेत्र बनाउन पहल थालेको छ । प्रशस्त्र पर्यटकिय सम्भावना रहेर...
चुडामणी पौडेल, युवा महिलाहरुलाई शशक्तिकरण गर्ने उदेश्य सहित पर्वत जिल्ला फलेवास नगरपालिका खुम थापाठानामा किशोरी तथा युवा महिलाहरुलाई लक्षित गरी तिन महिने व्यवसायिक...
१९ साउन ,काठमाडाैँ। कोरोना सङ्क्रमण फेरि देखिएसँगै बाँकेका समुदायस्तरमा पुनः बन्दाबन्दी जारी भएपछि यहाँका होटल व्यवसायी निराश बनेका छन् । चार महिनादेखि बन्द...
पोखरा, पर्यटन यातायात समिति पोखराको नवौ अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनमा पर्यटक चढ्ने हरियो...
५ साउन,काठमाडाै।बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline