१३ असोज, काठमाडौँ । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यकाबाहिर जाने यात्रुको चापलाई दृष्टिगत गरी आउँदो आइतबारदेखि बागलुङ र गोरखाका लागि बससेवा सञ्चालनमा ल्याउने भएको छ ।
दश वर्षको अन्तरालपछि यही असोज १६ गतेदेखि साझा यातायातले पुनःकाठमाडौँ उपत्यकाबाहिर सेवा विस्तार लागेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयपछि सुरु गर्न लागिएको उक्त सेवा विस्तारको प्रारम्भिक परीक्षणमा काठमाडौँदेखि बागलुङका लागि दुई र काठमाडौँ—गोरखाका लागि दुईवटा बस सञ्चालन हुनेछन् ।
यही असोज १६ गतेदेखि काठमाडौँबाट बिहान ६ः३० बजे बागलुङका लागि दुई र गोरखाका लागि बिहान ७ बजे दुई बस सञ्चालन हुनेछन् । विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२÷६३ बाट पूर्णरूपमा लामो रुटमा साझाका बस सञ्चालन हुन छाडेको थियो । काठमाडौँ उपत्यकामा भने विसं २०७० वैशाखदेखि १६ वटा बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यकाबाहिर सञ्चालन गर्न लागेको बस कुनै नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेको बस नै हो । एक हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
भुमराज तिवारी/काठमाण्डौ, अनलाइन मार्फत पर्यटकहरुलाई विश्वभरका गाइडहरुसँग प्रत्यक्ष सेवा प्रदान गर्ने टुरएचक्यू ले ग्लोवल गाइड अर्वाड २०१८ को नतिजा सार्वजनिक गरेको छ । विदेशीहरुले...
गौरी भट्ट, काठमाण्डौ, विदेशी नागरिकहरु नेपाल आएपछि नयाँ ठाउँ घुम्नु त पक्कै सौखको विषय हो त्यो सँगै त्यही बसाईमा नेपाली खाना चाख्नु पनि...
१३ मंसिर, प्यूठान । पुजा–३ बाग्लिवाङस्थित दलित बस्तीमा होमस्टे सञ्चालन भएको छ । स्थानीयहरुको सक्रियतामा यसै वर्षदेखि ६ वटा घरमा होमस्टे सञ्चालन भएको...
बौद्ध, ओशो दिव्यालयको दोश्रो साधारण सभा आज वौद्धमा सम्पन्न भएको छ । रजनिश ओशोको साहित्य, ध्यानलाई सर्वसाधारणसम्म फैलाउने उदेश्यमा अगाडी बढ्न नयाँ कार्यसमिति...
सुरज न्यौपाने, काठमाण्डौ । नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (एनसिटिटिएम)को आयोजनामा आजबाट राजधानीमा पर्यटन शैक्षिक मेला सुरु भएको छ । मेलाको...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline