MENU


नयाँ वर्षमा राइनो रिर्सोट मेघौलीमा ३ दिवसिय ओशो मेडिटेसन रिट्रिट हुदै

Basu Ji

मेघौली, नयाँ वर्षको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जमा अवस्थित राइनो रिर्सोट मेघौलीमा ओशोको ध्यान सम्बन्धि तिन दिवसिय कार्यक्रम हुने भएको छ । बैशाख १ देखी ३ गतेसम्म हुने आवासिय ध्यान कार्यक्रममा ओशोको जीवन मार्गदर्शन शिक्षा, ध्यान गर्ने विधि तथा जीवनलाई कसरी उत्सवमय बनाउने भन्ने विषयमा ओशो शिष्य स्वामी बाशु सर्मपणले सहजीकरण गर्नुहुनेछ । लामो समयदेखी विशेषगरी पर्यटकहरुलाई ओशो शिक्षा प्रदान गर्दै आउनु भएका स्वामी बाशुको आफनो गृह जिल्लामा यो पहिलो कार्यक्रम हुनेछ ।

OLYMPUS DIGITAL CAMERA

 

नयाँ वर्षसँगै नयाँ सिकाईको संकल्प गर्ने अवसरको रुपमा कार्यक्रमलाई लिन सकिने स्वामी दिवसले जानकारी दिनुभयो । नेपालभरबाट तथा केही विदेशी सहित ५० जना भन्दा बढि सहभागि हुने ध्यान शिविरको समापनमा दिक्षा तथा माला समेत प्रदान गरिने छ । नदी किनारमा रहेको रिर्सोट ध्यान तथा विदा मनाउन एकदमै उपयुक्त रहेको राइनो रिर्सोटले बताएको छ ।

प्रतिक्रिया दिनुहोस