MENU


बैशाख १२ गते लाङटाङमा अन्तर्रा्ष्ट्रिय म्याराथन हुदै

काठमाडौं, नेपालको महत्वपूर्ण तेस्रो पदयात्रा गन्तव्यको रुपमा रहेको लाङटाङमा अन्तर्रा्ष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले महाभुकम्प गएको वार्षिकी पारेर यही वैशाख १२ गते म्याराथन प्रतियोगिता गर्न लागेको हो । मालीगाउँस्थित कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी ‘लाङटाङ क्षेत्र पदयात्राका लागि सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्न म्याराथन गर्न लागिएको टानका महासचिव कर्ण लामाले बताउनु भयो ।

भूकम्पबाट क्षतविक्षत भएको लाङटाङ क्षेत्रमा पर्यटकीय गतिविधि ठप्प भएको अवस्थामा प्रतियोगिताले अन्तर्रा्ष्ट्रिय जगतमा सकरात्मक सन्देश जाने विश्वास गरिएको छ ।
टानका सदस्य सूर्य घिमिरेले प्रतियोगिता खुला महिला र पुरुष गरी दुई समूहमा हुने जानकारी दिए । प्रतियोगितामा भाग लिन विभिन्न देशका धावकहरु नेपाल आइसकेका छन् भने प्रतियोगितामा एक सय ५० जनाभन्दा बढी सहभागी हुने जनाइएको छ । विजयी प्रतियोगिहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको टानका सदस्य सूर्य घिमिरेले बताउनु भयो । रसुवा जिल्लामा अवस्थित लाङटाङ क्षेत्र भुकम्पका कारण सवैभन्दा बढि क्षतिग्रस्त पदमार्ग थियो । गत वर्ष गोसाईकुण्डमा समेत यस्तै प्रकारको कार्यक्रम आयोजना गरिएको थियो । 17903655_279530849168425_4426832982332158040_n

प्रतिक्रिया दिनुहोस