भुमराज तिवारी /पारसमणि अमगाई
स्याफ्रुबेसी, टानले भुकम्पबाट सवैभन्दा प्रभावित पर्यटकिय गन्तव्यलाई प्रचार प्रसार गर्नको लागी मंगलबार लाङटाङ म्याराथुन सम्पन्न गरेको छ । प्रतियोगितामा ३ घन्टा ३४ मिनेटमा दौड पुरा गर्दै होमलाल श्रेष्ठले उपाधि जितेका हुन् । सेनाकै राजन खत्री दोस्रो तथा बेदबहादुर सुनार तेस्रो भए ।
यसैगरी, महिलातर्फ सरिता बासीले ५ घन्टा १३ मिनेट २७ सेकन्डमा दौड पुरा गर्दै प्रथम हुन सफल भइन । दोस्रो भएकी सेनाकी रेस्यू बस्नेतले ५ घन्टा १४ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गरिन् भने पुष्पा भण्डारीले ५ घन्टा २६ मिनेट ४७ सेकेन्डमा दुरी पार गरी तेस्रो स्थान ओगटिन् ।
‘भूकम्पबाट पूर्णक्षति पुगेको लाङटाङ गाउँमा पर्यटन प्रबद्र्धन गर्न सहयोग गरौं’ भन्ने नाराका साथ ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल टानले प्रतियोगिता आयोजना गरेको अध्यक्ष चन्द्रप्रसाद रिजालले बताउनु भयो । कार्यक्रम वृहत सन्देश सहित सफल भएकोमा खुसी व्यक्त गर्दै रिजालले लाङटाङमा अब पर्यटक बढ्ने विश्वास व्यक्त गर्नुभयो । नेपालीहरुमा पनि घुमफिरको संस्कृति बढ्दै गएकोले हरेक नेपालीले एकपल्ट लाङटाङलाई गन्तव्य बनाउनुपर्ने टानका महासचिव कर्ण लामाले बताउनु भयो । हामीले घुमेर सुन्दरताको मात्रै अवलोकन गर्दैनौ स्थानियहरुलाई पनि सहयोग पुग्छ लामाले भने छोटो दुरीमा हिमाली वातावरणको अनुभव गर्न पाइन्छ । नेपालीको लागी सस्तो गन्तव्य समेत रहेको लामाको भनाई थियो । ८ दिनमा पुरा गर्न सकिने लाङटाङ घुम्न १० हजार रुपैयामा घुम्न सकिन्छ ।
प्रतियोगिता लाङटाङको क्यान्जिङबाट सुरु भइ बृद्धम लिङलिङ हुँदै स्याफ्रुबेसीमा सम्पन्न भएको थियोे । विजेताले एक लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा १० विदेशी, १४ महिलासहित १०२ जना सहभागी थिए ।
काठमाडौँ, । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीलनाथ गिरीले नेपालको पर्यटन प्रवद्र्धनमा थप सहयोग गर्न चीन सरकारसँग आग्रह गर्नुभएको छ । नेपाल–चीन उद्योग...
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका वडा नं ८ बेल्डाँडीमा सन्चालित जडिबुटी प्रसोधन उद्योगले गाउँमै रोजगारीको सिर्जना गरेको छ । गत वर्षदेखि खोलिएको सो उद्योगमार्फत विद्यार्थीसहित...
–प्रणव वुढाथोकी काठमाण्डौ, भुकम्पअघि ९५ प्रतिशत कार्यसम्पन्न भएको रुवी भ्याली टेल निमार्णमा संलग्न व्यक्तिहरुले टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) बाट सम्झौता बमोजिम...
म्याग्दी, धौलागिरि हिमालको प्रतिविम्ब स्पष्टरुपमा देखिने पश्चिम म्याग्दीको मालिका–१, निस्कोटस्थित बराहताल संरक्षणको पर्खाइमा छ । करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको बराहतालले पर्यटकीय सम्भावना...
नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को अध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष सी एन पाण्डेले औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेका छन ।...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline