MENU


ओशो दिव्यालयको दोश्रो साधारणसभा सम्पन्न

बौद्ध, ओशो दिव्यालयको दोश्रो साधारण सभा आज वौद्धमा सम्पन्न भएको छ । रजनिश ओशोको साहित्य, ध्यानलाई सर्वसाधारणसम्म फैलाउने उदेश्यमा अगाडी बढ्न नयाँ कार्यसमिति सफल हुने उपाध्यक्ष सम्झना थपलियाले बताउनु भयो । आगामी दुई वर्षे कार्यकालको लागी स्वामी बाशु सर्मपणको अध्यक्षतामा सात सदस्यीय कार्यसमितिको चयन गरिएको छ ।

कार्यसमितिको उपाध्यक्षमा सम्झना थपलिया, सचिवमा भुमराज तिवारी, सह सचिवमा निर्मला दाहाल, कोषाध्यक्षमा गौरी भट्ट, सदस्यहरुमा रत्न रायमाझी र रबिन्द्र श्रेष्ठ चयन हुनु भएको हो । साधारण सभाले अधिवत्ता बसन्त कुमार लम्साललाई कानुनी सल्लाहकारमा चयन गरेको छ । भावी कार्ययोजना सहित उपत्यका बाहिरपनि योग र ध्यानका कार्यक्रम तय गर्ने अध्यक्ष बाशु सर्मपणले बताउनु भयो 18196037_10155413012091282_981153086_o

प्रतिक्रिया दिनुहोस