MENU


विना गाईड टेकिङ नगर :टान

काठमाण्डौ, टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)ले विना गाईड टेकिङ जान दिने व्यवस्थालाई बन्द गर्न सरकारसँग जोडदार माग गरेको छ । पर्यटक हराउने, मृत्यु हुदाँमात्र विना गाईड टेकिङ गर्न नहुने आवाज उठ्ने गरेपनि सेलाउने गरेको बताउँदै टान अध्यक्ष चन्द्रप्रसाद रिजालले यो पटक गम्भिर निर्णय लिन सरकारलाई बाध्य पार्ने बताउनु भयो । खुसीयाली, बिदा मनाउन आउने पर्यटकले गाईडको खर्च व्योहोर्न महङगो नहुने बताउँदै रिजालले यस अघि मन्त्रालयबाटै सो सम्बन्धि फाइल हराएको बताउनु भयो ।

लाङटाङमा गरिएको म्याराथुनले विश्व बजारमा सकारात्मक सन्देश पु¥याउन संचार माध्यमले जिम्मेवारपूर्ण भूमिका निर्वाह गरेको भन्दै टानका महासचिव कर्ण लामाले आगामी दिनमा टानका गतिविधि र एजेन्डामा थप सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । नेपालमा सवैभन्दा ठूलो पर्यटकिय गतिविधि टे««किङ भएकोले यसको विकासले समग्र देशको आयस्तरलाई नै टेवा पुग्ने लामाले बताउनु भयो । पर्यटन मैत्री नीति भएमा सवैभन्दा धेरै रोजगार सृजना गर्ने उद्योग पर्यटन हुने बताउँदै लामाले सवै राजनीतिक पार्टीले यसमा ध्यान दिन जरुरी भएको बताउनु भयो ।

टानका कार्यकारी सदस्य तथा मिडिया संयोजक सूर्य घिमिरेले लाङटाङ म्याराथुनलाई वर्षेनी फरक तरिकाले निरन्तरता दिने बताउनु भयो । भुकम्पले क्षतिग्रस्त सम्पदाको पुर्ननिमार्णमा स्थानियसँग हातेमालो गर्दै दिगो विकासको अवधारणा अनुरुप सकारात्मक सोचको विकास गर्न सकिए पर्यटकको आगमन र बसाई लम्ब्याउन सकिने टानका प्रमुख कार्यकारी अधिकृत टेकेन्द्र बहादुर महतले बताउनु भयो ।

18195076_1903592703217091_3203677774399518136_n

प्रतिक्रिया दिनुहोस