काठमाण्डौ, प्याडेल फर पिस भन्ने नारासहित भोलिबाट टुर डे लुम्बिनी अभियानले काठमाण्डौबाट लुम्बिनीसम्म साइकल यात्रा आयोजना गर्न लागेको छ । स्वयम्भुबाट सुरु हुने सो साइकल यात्रा चन्द्रागिरी, चित्लाङ, हुदै पहिलो दिन हेटौडा बजारमा बास बस्नेछन् । दोश्रो दिन हेटौडाबाट सुरु हुने साइकल यात्रा चितवन हुदै नवलपरासीको रजहर गएर टुङगिने छ । तेस्रो दिन रजहरबाट बुटवल पुगेर बास बस्ने कार्यक्रम छ । चौथौ दिन वुटवलबाट लुम्बिनी पुगेर कार्यक्रम समापन गर्न लागिएको टुर डि लुम्बिनीका महासचिव तथा लुम्बिनी विकास कोषका पूर्व सदस्य सदस्य सचिव राजेन्द्र थापा मगरले बताउनु भयो । सन् २०१२ देखी सो साइकल यात्रा नियमित गरिदै आइएको छ ।
करिब ७० जना स्वदेशी तथा विदेशी साइकल यात्री सहितको टोलीले साइकल यात्रा गर्न लागेको महासचिव मगरले बताउनु भयो । नेपाल साइकलको लागि सुरक्षित गन्तव्य भएको सन्देश सहित वातावरणमैत्री सवारी साधनको रुपमा यसलाई विकास गर्न चेतना अभिवृद्धि गर्ने उदेश्य सहित कार्यक्रम आयोजना गर्न लागिएकोले विभिन्न सरकारी तथा गैसस तथा निजी संस्थाले सो अभियानमा सहकार्य गरेका छन् । वुद्ध जयन्तीमा गौतम वुद्धको जन्मस्थलमा विशेष कार्यक्रम गरी शान्तिको सन्देशलाई स्मरण गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो । काटमाण्डौ लगायतका शहरहरुमा साइकलमैत्री ट्याक निमार्ण गर्न सरकारलाई दवाव दिन समेत सो कार्यक्रमले सहयोग गर्नेछ । विश्वका विकसित देशमा साइकललाई सुरक्षित सवारी साधन मानिए पनि नेपालमा भने यस्लाई असुरक्षित मानिदै आएको छ ।
चन्द्रखाँण ठकुरी, सिन्धुपाल्चोक, प्रथम पाँचपोखरी टेल रेसमा महिला र पुरुष दुवैतर्फ सोलुखुम्बुका कुलुङ थरका युवा युवती प्रथम भएका छन् । पूर्णिमाको अवसरमा आयोजित...
२७ माघ, काठमाडौं । हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका...
१ साउन , काठमाडाैँ। किवी खेतीकाे राम्रो भाउ पाउन थालेपछि जिल्लाका अधिकांश क्षेत्रका किसानले किवी खेती गरेका छन् । शुरुआती लगानी धेरै...
२७ पुस, नुवाकोट । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको छ । जिल्लामा गोरु जुधाउने...
१२ असोज, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणमा गरेको कामको प्रशंसा गर्नुभएको छ । आज चितवन राष्ट्रिय निकुञ्जको कार्यालय...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline