काठमाण्डौ , काठमाण्डौ टेल रेस सेरिज अन्र्तगत ट्रेल रनिङ नेपालको आयोजनामा आउँदो शनिवार मे २७ का दिन बुढानिलकण्ठदेखी टोखासम्म दौड प्रतियोगिता आयोजना हुन लागेको छ । उपत्यका वरिपरिका प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन र स्वास्थ्यको लागि दौड प्रतियोगिता आयोजना गरिएको वेस्ट भ्यू रेष्टुरेन्ट वौद्धका संचालक तथा इभेन्ट पार्टनर नविन तिवारीले बताउनु भयो । १३ किलोमिटर प्रतियोगिका लागि र दौडन नसक्ने तर उत्साह भएका वृद्ध, विद्यार्थीहरुलाई ५ किलोमिटरको रमाइलो दौडको आयोजना हुन लागेको हो । बिहान ६ बजेबाट दौड प्रतियोगिता सुरु हुनेछ । जिओ एडभेन्चर अल्टा रनर वल्र्ड च्याम्पीयनसिप २०१७ कि धाविका मिरा राईको संलग्नतामा हुन लागेको यो तेस्रो कार्यक्रम हो । यसअघि ११ किलोमिटर दुरीको सेतो गुम्बामा र सोही दुरीको नयाँ पाटीमा दौड प्रतियोगिता सम्पन्न गरिसेकको रेस प्रतियोगिताको संयोजनकर्ता प्रिति खत्रीले बताउनु भयो ।
नेपालीहरुलाई रु ६०० सय र विद्यार्थीलाई रु ४०० सय दर्ता शुल्क राखिएको आयोजक संस्थाले जनाएको छ । बुढानिलकण्ठ टोखा क्षेत्रमा हरियाली बनजंगल भित्र दौडन पाउने भएकोले धेरै भन्दा धेरै नगरवासिलाई कार्यक्रममा सहभागिताको लागि आव्हान गरिएको आयोजकले बताएको छ । संस्थाले नियमित रुपमा काठमाण्ठौ वरिपरिको क्षेत्रमा कार्यक्रम गरिरहेको तिवारीले बताउनु भयो । www.trailrunningnepal.org मा गएर आफनो सहभागिता सुनिश्चिता गर्न सकिने छ ।
काठमाण्डौ, अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम केन्द्र फ्लाइटेक इन्टरनेशनलले एयर होस्टेसलाई क्रियटिभ मेमोरी तालिम प्रदान गरेको छ । डा नवल पजियारले सहजीकरण...
धादिङ पर्यटकिय, सास्ंकृतिक, धार्मिक एवम् प्राकृतिक रुपमा प्रख्यात कुरीमा तामाङ संस्कृतिलाई प्रवद्र्धन गर्ने उदेश्य सहित होमस्टे संचालनमा आएको छ । होमस्टेलाई व्यवस्थापन गर्न...
काठमाण्डौ, टेकिङ गाइड एसोसियसन अफ नेपाल (टिगान) ले फागुन १२ गते काठमाण्डौ उपत्यकाको महत्वपूर्ण हाइकिङ गन्तव्य चन्द्रागिरी देखी फर्पिङ क्षेत्र सम्मको वृहत सफाई...
विदुर, नुवाकोटका कवि तथा समालोचक आरएम डङ्गोलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । त्रिशुली वाङ्मय प्रतिष्ठान, प्रगतिशील लेखक संघ नुवाकोट र...
४ माघ, भरतपुर । पर्यटन र पर्यावरण सँगसगै भन्ने मुल नारासहित माघ १६ र १७ गते चितवनमा राष्ट्रिय स्तरको साइकल यात्रा राईट टु...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline