१३ असोज, गोरखा । गत असारदेखि अवरुद्ध रहेको गोरखा सदरमुकामदेखि बारपाकसम्मको सडक आजदेखि सञ्चालन भएको छ । बालुवादेखि बारपाकसम्म करिब १५ किलोमिटर सडक मर्मत गरेपछि बारपाकसम्म साना ट्रक, ट्र्याक्टर तथा जिप सञ्चालन भएका छन् । यद्यपि यात्रुबाहक बस सञ्चालनमा कठिनाइ रहेको छ ।
सडक सञ्चालनमा आएपछि खाद्यान्न र निर्माण सामग्री ढुवानी हुने भन्दै बारपाकवासी खुसी भएका छन् । दसैँको मुखमा सडक सञ्चालनमा ल्याइएको हो । सडक अवरुद्ध हुँदा घरहरू पुनःनिर्माणको काम हुन सकेको छैन । निर्माण सामग्री ढुवानीको कठिनाइले पुनःनिर्माणको कामले गति नलिएको स्थानीयवासी तेजबहादुर घलेको भनाइ छ । बारपाक भूकम्पको केन्द्रविन्दु रहेको ठाउँ हो ।
जिल्लास्थित एघारकिलो बारपाक सडक कार्यालयले बारपाक सडक मर्मत गरी खुलाएको हो । बारपाकदेखि लाप्राक हुँदै गुम्दासम्मको सडक मर्मतको प्रक्रिया अघि बढेको छ । सडक सञ्चालन भएको भन्दै भूकम्पपीडितले घर पुनःनिर्माणलाई तीव्रता दिने बताएका छन् । यस्तै जिल्लाका ३२ वटा ग्रामीण सडक मर्मतको काम सुरु भएको छ ।
दसैँअघि सबै ग्रामीण सडकमा यात्रुबाहक बस चल्न सक्ने बनाउने स्थानीय विकास अधिकारी नारायण आचार्यले बताउनुभयो । भच्चेक, पालुङ्टार, आरुघाटलगायत मुख्य व्यापारिक केन्द्र जोड्ने सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ । सडक मर्मतका लागि जिविसले आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ । सडक कार्यालय र जिविसले ग्रामीण सडक मर्मतमा तीव्रता दिएका हुन् । गोरखादेखि बारपाक, भच्चेक, आरुघाटजस्ता सडक आगामी तीन वर्षभित्रमा कालोपत्रे भइसक्ने भन्दै सडक कार्यालयका प्रमुख प्रेमप्रकाश खत्रीले तीन वर्षमा १५० किमी सडक कालोपत्रे हुने बताउनुभयो ।
बनेपा नेपालकै पुरानो शहरमा गनिन्छ । यातायात संचालन पूर्व हिडेर चिन देखी काठमाण्डौ प्रवेशको नाकाको रुपमा परिचित बनेपा धार्मिक तथा सास्ंकृतिक महत्वको प्राचिन...
काठमाण्डौ, नेपालको पहिलो प्राइभेट विच रिर्सोट रिभर फनले असार पन्ध्रमा रोपाई जात्रा गर्ने भएको छ । विशेषगरी काठमाण्डौमा धान रोपाई गर्ने जग्गा कमी...
काठमाण्डौ, नारी दिवसको अबसरमा आज महिला सेफहरुले बनाएको खाना खुवाइने भएको छ । स्नेह ट्राभल मिडियाको आयोजनामा कोकिला मिठो छ रेष्टुरेन्ट लाजिम्पाटमा दिउँसो...
भुमराज/उज्जवल तिवारी साउन १६, नेपाल पर्वतारोहण संघ (एनएमए)को यही साउन २१ गते सम्पन्न हुन लागेको निर्वाचनका लागि लैनचौर बैङकेटमा जिम्बा जाङ्बु शेर्पाको प्यानल...
४ माघ, भरतपुर । पर्यटन र पर्यावरण सँगसगै भन्ने मुल नारासहित माघ १६ र १७ गते चितवनमा राष्ट्रिय स्तरको साइकल यात्रा राईट टु...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline