काठमाण्डौ, नेपाल एसोसियसन अफ राफ्टिङ् एजेन्सिज (नारा) ले यहि जेठ १३ गते त्रिशुली नदीमा २९ औ राफ्टिङ् श्र्ङखला कार्यक्रम गर्ने भएको छ । सेभ द रिभर फर टुरिजम भन्ने नारा सहित त्रिशुली नदीको बेल्खुबाट मलेखुसम्म हुने राफ्टिङ् कार्यक्रममा एक सय भन्दा बढिको सहभागिता रहने नाराका अध्यक्ष चन्द्र दाहालले बताउनु भयो ।
वार्षिक रुपमा आयोजना गर्दै आएको सो कार्यक्रम नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गर्न लागिएको हो । त्रिशुली नदी राफ्टिङ्को लागी बाहै महिना सुरक्षित भएपनि पछिल्लो समय बालुवा निकाल्ने तथा ढल सिधै नदीमा मिसाउँदा सफा पानीमा राफ्टिङ् गर्न नसकिने भएको छ । नदीलाई सफा राख्नलाई स्थानिय सचेतना अपनाउन र नेपालीहरुको संख्या बढाउन समेत कार्यक्रमले ठूलो महत्व राख्ने कार्यक्रमका संयोजक शिव अधिकारीले बताउनु भयो । काठमाण्डौको नयाँ बजारबाट जाने र सोही दिन फर्किने व्यवस्था गरिएको अधिकारीले बताउनु भयो ।
१० माघ, काठमाडौं । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन कम्प्युटर रेकर्ड प्रणाली सुरु गरेको छ । पुरानो फाइलको व्यवस्थापन गरी...
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका वडा नं ८ बेल्डाँडीमा सन्चालित जडिबुटी प्रसोधन उद्योगले गाउँमै रोजगारीको सिर्जना गरेको छ । गत वर्षदेखि खोलिएको सो उद्योगमार्फत विद्यार्थीसहित...
काठमाडौं, नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोट जिल्लाको बुलबुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सव गर्ने भएको छ । नेपालमा पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय...
१६ माघ, म्याग्दी । म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन् । पर्यटन व्यवसायका हिसाबले अफसिजन...
पर्यापर्यटनको लागि ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला अर्काे एउटा सुन्दरता पनि थपिने गर्दछ । विदेशी आगन्तुक चरा जाडो छल्न र आहाराको खोजीमा...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline