मोरङ, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुबास निरौलालाई यतिखेर कृषि तथा पशुपालनको कामले भ्याइ नभ्याई छ । मोरङको उखरमाउलो गर्मीमा एक व्यस्त किसान झै उहाँको दैनिकी बित्ने गरेको छ । गाई, कुखुरा, हाँस पालन तथा ताजा तरकारी खेतीमा समेत संलग्न निरौलाको दैनिकीले यतिखेर सामान्य नेपालीलाई समेत ध्यानाकर्षण गराइरहेको छ । कृषि र पशुपालनसँगै निरौलाले सिसौली फार्म रिर्सोट समेत सुरु गर्नु भएको छ । पर्यटन बोर्डबाट हटाइएपछि राजधानीका थोरै मात्र सार्वजनिक कार्यक्रममा देखिएका निरौलाले आफनो बढि जसो समय गाउँलाई नै दिन थाल्नु भएको छ ।
हक्की र आत्मविश्वासी निरौलाले सामाजिक सञ्जालमा आफना दैनिकीलाई निरन्तर अपडेट गर्दै कृषि र पर्यटन कर्म बाटै आर्थिक उन्नती हुन्छ भन्ने आत्मविश्वास रहकोले खुसी साथ कृषि तथा फार्म हाउसमा रमाएको बताउनु भयो । मोरङ जिल्ला उर्लाबारी नगरपालिका ४ सिसौलीमा निरौलाले सिसौली कृषि तथा पशुपालन फार्म र सिसौली फार्म रिर्सोट संचालनमा ल्याउनु भएको हो । उच्च सरकारी पदमा पुगेपछि नेपालमा खेतीपाती तथा व्यवसायमा नरमाउने समाजमा निरौलाको कामले प्रौढलाई उत्साह र युवाहरुमा हौसला भर्ने काम गरेको छ । उहाँकै फेसवुक वालबाट लिइएका केही तस्विरहरु ।
चुडामणी पौडेल, युवा महिलाहरुलाई शशक्तिकरण गर्ने उदेश्य सहित पर्वत जिल्ला फलेवास नगरपालिका खुम थापाठानामा किशोरी तथा युवा महिलाहरुलाई लक्षित गरी तिन महिने व्यवसायिक...
कास्की, कास्कीको पोखरामा एउटै मितिमा दुई मेला र महोत्सव हुन लागेका छन् । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा यही...
असोज, मुस्ताङ । जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन...
गौरी भट्ट/भक्तपुर, एक वर्ष अघि संचालनमा आएका होटल भ्यू भक्तपुर आन्तरिक र बाह्य पर्यटकको अत्यधिक रोजाईमा पर्न थालेको छ । अरनिको राजमार्ग अन्तर्गत...
१९ पुस, काठमाडौं । कोरोना भाइरस महामारीका कारण २०७६ चैतदेखि बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline