MENU


काठमाण्डौको सडकमा टानको दौड हुँदै

काठमाण्डौ, १० औ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा  टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले काठमाण्डौमा दौड कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । मे २९ का दिन टान मुख्यालय मालिगाउँबाट सुरु हुने दौड गैह्रीधारा, लैनचौर, पकनाजोल, क्षेत्रपाटी, चाक्सीबारी, लेखनाथमार्ग, दरवारमार्ग हुदै नेपाल पर्यटन बोर्डमा पुगेर समापन गरिने टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

रन फर टुरिजम नारा रहको दौड कार्यक्रममा सहभागिताको लागि अग्रिम दर्ता गर्न सम्पूर्ण टेकिङ व्यवसायिलाई आव्हान गरिएको टानका महासचिव कर्ण लामाले बताउनु भयो । काठमाण्डौलाई प्रदुषणमुत्त बनाउँदै पर्यावरणिय हिसावले दौडने, हिड्ने संस्कृति विकास गर्न सरोकारवालाई दवाव पुग्ने महासचिव लामाले बताउनु भयो । पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाले मे २९ लाई विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । दौडमा पाँच सय भन्दा बढिको सहभागितको अपेक्षा गरिएको टानका प्रमुख कार्यकारी अधिकृत टेकेन्द्रबहादुर महतले बताउनु भयो । बिहान सात बजे सुरु हुने दौड साढे आठ बजे समापन हुने छdownload (1) ।

प्रतिक्रिया दिनुहोस