काठमाण्डौ, काठमाण्डौको व्यस्त जीवन र प्रदुषणबाट केही क्षण मुक्ती सोच्दै हुनुहुन्छ भने काठमाण्डौ नजिकैको सतुङगल क्षेत्रमा रहेको पथिक फाउन्डेसन एउटा उत्तम विकल्प हुनसक्छ । नजिकै चन्द्रागिरीको हरियालीे वन, स्वच्छ हावापानी, आफनै अग्र्यानिक फार्म, ध्यान केन्द्र, गाईपालनसँगै आफनै विद्यालय र अस्पताल रहेको पथिक फाउन्डेसन सतुङगल चोकबाट १५ मिनेटको पैदल दुरीमा पुग्न सकिन्छ । प्रकृतिको काखमा रहेको फाउन्डेसन सतुङगल स्थित धौलागिरी आवास क्षेत्र भित्र रहेको छ ।
१५ वर्षअघि आचार्यश्री पथिक ज्यू ले स्थापना गर्नुभएको फाउन्डेसनमा ओशोको ध्यान र कर्म योग दुवैलाई संयोजन गरी संचालन हुदै आएको छ । धादिङ जिल्लाको नौविसे टायलघरमा अग्र्यानिक खेती सँगै र गाईपालन तथा चितवन जिल्लाको जुगेडीमा ध्यान केन्द्र समेत संचालनमा रहेको फाउन्डेसनले ध्यानलाई दैनिक जीवनमा उर्तानलाई समय समयमा सर्वसाधारणलाई लक्षित गरी ध्यानका विभिन्न कार्यक्रमहरु समेत संचालन गर्दै आइरहेको छ ।
सतुङगलमा रहेको केन्द्रमा हरेक दिन ४० जना बढि सन्यासीहरुले एकैपटक सामुहिक भोजन गर्ने गरेको आचार्य आनन्द शुशिलले बताउनु भयो । ध्यान केन्द्रमा कोही पनि जागिरे छैनन् सवै स्वंयसेवाको भावका साथ आ आफनो क्षमता अनुसारको जिम्मेवारीमा विहानदेखी बेलुकासम्म संलग्न हुन्छन् । ओशोको कल्पना अनुसार कम्युनको रुपमा फाउन्डेसनलाई अगाडी बढाउदै लगेको आचार्य श्री पथिकले बताउनु भयो । सम्पूर्ण सुख र आनन्दको स्रोत नै ध्यानमा रहेकोले ध्यानलाई आधुनिक जीवनशैली अनुसार परिमार्जन गरी विभिन्न ध्यानका कार्यक्रमहरु संचालन गर्दै आइरहेको फाउन्डेसनले सामान्य आय भएका नेपालीहरुलाई समेत लक्षित गरी कार्यक्रम संचालन गरिरहेको छ ।
हरेक कुरालाई आफैले जान्दै, भोग्दै अनुभवबाट सिद्ध जीवन नै सार्थक हुने भएकोले मान्यतालाई भन्दा जान्यतालाई जोड दिदै नेपालमै पहिलो त्रिभुजिय शिक्षाको अभ्यासको लागी विद्यालय समेत संचालन हुँदै आएको छ । विद्यार्थीको चाहना, इच्छा, भावनाको सम्मान गर्दै शिक्षालाई जर्वजस्ती भन्दा पनि उत्सवको रुपमा पढाउने गरिएको विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु सफलताको पथमा रहेका छन् । गैरनाफामुलक संस्थाको रुपमा रहेको पथिक फाउन्डेसनमा ध्यान र स्वास्थ्यलाई मध्यनजर गर्दै स्पार्क हेल्थ होम हस्पिटल समेत संचालन हुदै आइरहेको छ ।
तस्बिरहरु
काठमाडौं, २०५२ सालबाट सुरु भएको सरकार र माओवादी आन्दोलन तथा त्यसको सवैभन्दा बढि प्रभावित क्षेत्रलाई लक्षित गरेर गुरिल्ला पदमार्ग संचालनमा ल्याउन पदमार्ग...
गौरी भट्ट, काठमाण्डौ, विदेशी नागरिकहरु नेपाल आएपछि नयाँ ठाउँ घुम्नु त पक्कै सौखको विषय हो त्यो सँगै त्यही बसाईमा नेपाली खाना चाख्नु पनि...
१५ पौष, काठमाडौँ । अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको निर्माण ठेक्का पाएको लुम्बिनी–एमके–सिंह एन्ड ब्रदर्स कम्पनीले स्थानीयवासीले मुआब्जाको कारण देखाई अवरोध गरेपछि...
भुमराज तिवारी /ठमेल, राजधानी काठमाण्डौको अति व्यस्त पर्यटकिय गन्तव्य ठमेल र त्यसमा पनि धेरै व्यस्त नरसिहं चोक नजिकै चि वहालमा छ महिना अघि...
५ साउन,काठमाडाैँ।आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline