MENU


रुवी भ्यालीका लज संचालकहरुलाई धादिङवेशीमा हस्पिटालिटी तालिम

 

धादिङ, गणेश हिमाल पर्यटन बिकास समितिको पहलमा द माउन्टेन ईन्स्टिच्युट र हिड नेपालसँगको सहकार्यमा रुवी भ्यालीका लज संचालकहरुलाई १० दिने हस्पिटालिटी तालिम कार्यक्रमको आयोजना गरिएको छ । हिजो तालिम कार्यक्रमको उद्घाटन गर्दे गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष तेज बहादुर गुरुङले पर्यटनमैत्री गाउँ र सेवा सुविधा विस्तार गर्न तालिम कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

सहभागिहरुलाई करेसावारीको व्यवस्थापन तथा सजावट, लज तथा होमस्टेको व्यवसायिकरण, खाना पकाउने सिप र बजारीकरण सम्बन्धि विषयमा प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान दिइने अध्यक्ष गुरुङले बताउनु भयो । कार्यक्रममा रुवी भ्याली क्षेत्रमा लज र होमस्टे संचालन गर्दै आइरहेका २० जनाको सहभागिता रहेको छ । तालिमको समापन तथा प्रमाणपत्र वितरण असार ५ गते धादिङवेशीमा हुने छ ।

धादिङ जिल्लाको उत्तरी विकट क्षेत्र रुवी भ्याली पछिल्लो समय पर्यटकहरुको रोजाईमा पर्न थालेकोले पर्यटकहरुलाई कसरी बढि भन्दा बढि सेवा दिने भन्ने विषयमा गणेश हिमाल पर्यटन विकास समितिले काम गर्दै आइरहेको छ । रसुवा जिल्लाको सोमदाङबाट यात्रा सुरु गरेको सातौ दिनमा काठमाण्डौ फर्कन सकिने अध्यक्ष गुरुङले बताउनु भयो । धादिङ जिल्लाका टेकिङ व्यवसायीहरु धेरै भएकोले यस क्षेत्रको प्रवद्धृन गर्न लामो समय नलाग्ने देखिन्छ । रुवी भ्याली यात्रामा गणेश हिमाललाई अत्यन्तै नजिकबाट हेर्न सकिन्छ ।

19021867_10154480083506496_1153964730_n18945221_10154480082621496_302207103_n

प्रतिक्रिया दिनुहोस