MENU


गुरुङ पर्यटन संघको संयोजनमा नुवाकोटको सिक्रे र सिन्धुपाल्चोकको हैवुङको पर्यटकिय अध्ययन भ्रमण हुुँदै

काठमाण्डौ, गुरुङ पर्यटन व्यवसायी संघ, गणेश हिमाल पर्यटन बिकास समिति र रसुवा नुवाकोट पर्यटन समाजले संयुक्त आयोजनमा जेठ २५ देखी २७ सम्म पर्यटकिय सम्भाव्यता अध्ययन भ्रमण हुने भएको छ । काठमाण्डौ एकेडेमिक टुरिजम एण्ड हस्पीटालिटी (क्याथ) कलेजमा स्नात्तकोत्तर तहका १४ जना बिद्यार्थीहरु सहित २५ जना व्यवसायी, स्थानिय र पत्रकार सहभागि हुने उक्त भ्रमण कार्यक्रमले स्थानिय भाषा संस्कृति र भौगोलिक अवस्थीतिको अध्ययन गरी पर्यटनको सम्भाव्यता उजागर गर्ने गुरुङ पर्यटन व्यवसायी संघका महासचिव ईश्वर गुरुङले बताउनु भयो ।
बुढानिलकण्ठबाट सुरु हुने पदयात्राको पहिलो दिन नुवाकोटको सिक्रेमा पुगेर समापन हुनेछ । सिक्रेमा होम स्टेको राम्रो सम्भावना रहेको महासचिव गुरुङले बताउनु भयो । त्यसैगरी दोश्रो दिन हैवुङ क्षेत्रको अवलोकन गरी तेस्रो दिन चियावगान हुदै नगरकोटबाट काठमाण्डौ फर्कने छ । भ्रमण कार्यक्रममा संलग्न टोलीले ट्रेकिङका क्रममा भेटिएका सामाजिक, सास्कृतिक रहनसहन र भौगोलिक अवस्था तथा त्यस क्षेत्रको बिशिष्टता समेटेर पर्यटन व्यवसायमा संलग्न व्यावसायी तथा नीति निर्मातालाई प्रतिबेदन प्रदान गर्ने गुरुङ पर्यटन व्यवसायी संघका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङले बताउनुभयो ।

19029687_1185766398236495_1474324525292458433_n

प्रतिक्रिया दिनुहोस