MENU


अन्नपूर्ण आरोहण दिवसमा टानले गर्यो पदयात्रा र घरबास कार्यक्रम (फोटोफिचर)

पोखरा, नेपालमा पहिलोपटक हिमाल आरोहण गरेको दिन जुन ३ तारिखलाई प्रत्येक वर्ष ट्रेकिङ एजेन्सीज् एसोसिएसन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले अन्नपूर्ण आरोहण दिवसका रुपमा यस वर्ष पदयात्रा र घरबास कार्यक्रम गरी सम्पन्न गरेको छ । यसवर्ष अन्नपूर्ण गाउँपालिका–८ दाङसिङस्थित मोहोरिया गाउँको प्रवद्र्धन गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले बताउनु भयो ।
नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशतले पदयात्रा र १० प्रतिशतले हिमाल आरोहण गर्ने गरेको तथ्यांक छ । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइन्छ । सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मोरिस हर्जोेगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए ।
स्थानीय बुद्धिबहादुर गुरुङले मोटरबाटोले पुरानो पदयात्रामार्ग नासिएकाले नयाँ पदमार्गको लागि मोहरिया उपयुक्त भएको बताए । अन्नपूर्ण हिमाल र यस आसपासको सात हजार ६ सय २९ वर्ग किमिलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत् संरक्षण गरेर राखिएको छ । जसअन्तर्गत् मनाङ र मुस्ताङ जिल्लासहित म्याग्दीका तीन, कास्कीका १७ र लम्जुङका साविक ८ वटा गाविस संरक्षण क्षेत्रभित्र छन् । कार्यक्रममा पोखराका पर्यटन व्यवसायीहरुको उत्साहपूर्ण सहभागिता रहेको टान पश्चिमाञ्चलका दितिय उपाध्यक्ष विश्व अधिकारीले बताउनु भयो ।
भ्रमणको फोटो फिचर (तस्विरः विश्व अधिकारी)

 

18882032_1398930650145381_7450339117059411488_n18839252_1398930710145375_4654598444587370044_n 18838818_1331784843535756_6414361437488177567_n 18835621_1398926563479123_2299075370891448876_n 18813476_1331787673535473_8383558948122329411_n 18839255_1331780823536158_2460370379028430819_n 18881780_1331778396869734_400746308666214108_n 18922057_1398926396812473_4800328228077572674_n 18893050_1398926566812456_3363355247581307034_n

प्रतिक्रिया दिनुहोस