MENU


टानको पहलमा पोखरामा ५ दिने व्यवसाय व्यवस्थापन तालिम सुरू

पोखरा, टान पश्चिमान्चल क्षेत्रीय संघ, पोखरा र औधोगीक ब्यबसाय बिकास प्रतिष्ठान पोखरा शाखाको संयुक्त आयोजनामा आजबाट ५ दिने “ब्यबसाय ब्यबस्थापन तालिम सुरु भएको छ । औधोगीक ब्यबसाय बिकास प्रतिष्ठानको परिसर, मासबार ७ मा शुरु भएको तालिम कार्यक्रममा २३ जना पदयात्रा पर्यटन ब्यबसायीहरुको सहभागीता रहेको छ । तालिममा प्रतिष्ठानका शाखा प्रमुख एवं बरिष्ठ ब्यबसाय प्रबर्दन अधिकृत राम प्रसाद तिवारी र बिरेन्द्र बैधले प्रशिक्षण प्रदान गर्नुहुनेछ । टान पश्चिामाञ्चल क्षेत्रीय संघका अध्यक्ष दिपकराज अधिकारीले उद्घाटन मन्तव्य व्यक्त गर्दै तालिमले व्यवसायलाई विस्तार गर्ने सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय नयाँ व्यवसायीको आगमन बढेसँगै तालिम कार्यक्रमलाई निरन्तरता दिइएको अधिकारीले बताउनु भयो ।

19060128_1907196186217544_8031978550354400631_n

प्रतिक्रिया दिनुहोस