चन्द्र खाँण ठकुरी /सतुङगल, पथिक फाउन्डेसनको आयोजना तथा टुरिष्ट गाईड एसोसियसन अफ नेपाल (टुर्गान) को सहकार्यमा शनिवार एक दिवसिय ध्यान शिविर सम्पन्न भएको छ । सतुङगल स्थित फाउन्डेसनको सिदार्थ सभागारमा सम्पन्न ध्यान शिविरमा ४० जना सहभागि भएका थिए । विदेशी पाहुनाहरु आउँदा योग र ध्यानको बारेमा सहजीकरण गर्न सजिलो होस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको पथिक फाउन्डेसनका कार्यक्रम निर्देशक शुशिल कुमार पौडेलले बताउनु भयो । दुई दशक अघि देखी आचार्य पथिकको नेतृत्वमा संचालित फाउन्डेसनमा स्वदेशी तथा विदेशीहरुलाई ध्यान, प्राणायम, रेकी तथा प्राकृतिक चिकित्साको माध्यमबाट उपचार लगायतका सेवाहरु प्रदान गरिदै आएको छ ।
ध्यान कार्यक्रम आफुलाई एकदमै प्रभावकारी लागेको टुर्गानको कोषाध्यक्ष यादव खतिवडाले बताउनु भयो । आगामी दिनमा पथिक फाउन्डेसनसँग सहकार्य गरेर अगाडी बढ्न इच्छुक रहेको बताउँदै खतिवडाले विदेशी र स्वदेशी दुवैलाई ध्यानसँग जोडेर रिट्रिकका कार्यक्रम अगाडी बढाउन सुझाउनु भयो । तिन दशकदेखी विदेशीहरुलाई पथप्रर्दशकको काम गर्दै आउनु भएका सुरेन्द्र लोहनीले विदेशीहरुले नेपालको पाखा पखेरा, कला संस्कृतिसँगै यहाँको प्राकृतिक वातावरणमा योग ध्यान सिक्न चाहने गरेको बताउँदै पथिक फाउन्डेसन एउटा उत्तम स्थान भएको बताउनु भयो । ध्यानले आफुलाई स्फूर्ति बढाएको गाईड दिपेश थपलियाले बताउनु भयो । ध्यानमा नाच्दा आफुलाई सवैभन्दा मज्जा आएकोले नियमिति ध्यानमा लाग्न प्रेरणा मिलेको बताउँदै थपलियाले विदेशीहरुलाई समेत आफना अनुभव बाँड्ने बताउनु भयो । फाउन्डेसनले आफनै अग्र्यानिक खेतवारीमा फलेको ताजा खाना खुवाउने गरेको छ ।
ध्यान कार्यक्रमका केही तस्विरहरु
पोखरा, पर्यटकीयस्थल पोखराको तीन मुख्य ठाउँमा छठ पर्व मनाइने भएको छ । पोखराको फेवातालको किनार केदारेश्वर मन्दिर, नदीपुरको नारायणस्थान मन्दिर र कालीखोलाको संगमस्थलमा...
पाइपलाइनमा २० वटा पर्यटकस्तर तारे होटेल प्रदेश-१ का १४ जिल्लामा महासंघमा आवद्ध पाँच हजारभन्दा बढी होटल छन्ा् । तीमध्ये साना-ठूला गरी एक हजारभन्दा...
१२ असोज, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणमा गरेको कामको प्रशंसा गर्नुभएको छ । आज चितवन राष्ट्रिय निकुञ्जको कार्यालय...
काठमाडौं, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले अन्तराष्ट्रिय लाङटाङ म्याराथुनको स्थगित तेस्रो संस्करण जेठ ५ गते हिमाली जिल्ला रसुवामा आयोजना गर्ने तयारी गरेको...
काठमाण्डौ, टुरिष्ट गाईड एसोसियसन अफ नेपाल (टुर्गान) को आयोजनामा भाद्र ६ गते राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन हुने भएको छ । केही वर्षयता नियमित...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline