MENU


नुवाकोटको वुडीसेरामा भिटोफले रोपाई महोत्सव गर्दै

काठमाण्डौ, गाउँ पर्यटन प्रवद्धन मञ्च भिटोफ नेपालले यस वर्षको रोपाई महोत्सव नुवाकोट जिल्लाको बुडीसेरामा असार १५ गते गर्ने भएको छ । वर्षेनी रोपाई महोत्सव गर्दै आएको भिटोफले यस वर्ष राजधानीबाट ३५ किलोमिटर पर रहेको शिवपुरी गाउँपालिका वडा नं. ७ मा रहेको बुडीसेरामा पञ्चेवाजा, नाचगान, दहि च्यूरा खाने कार्यक्रम सहित रोपाई महोत्सव आयोजना गर्न लागेको भिटोफ नेपालका महासचिव वाशुदेव पाण्डेले बताउनु भयो । काटमाण्डौबाट डेढ घण्टामा पुग्न सकिने बुडी सेरा धान उत्पादनमा प्रख्यात क्षेत्र हो ।

ropai-festival9-1

प्रतिक्रिया दिनुहोस