MENU


रुवी भ्यालीलाई संरक्षित क्षेत्र बनाइने

धादिङ, गणेश हिमाल पर्यटन विकास समितिले धादिङ जिल्लाको उत्तरी क्षेत्र रुवी भ्यालीलाई संरक्षित क्षेत्र बनाउन पहल थालेको छ । प्रशस्त्र पर्यटकिय सम्भावना रहेर पनि भौगोलिक विकटताको कारण पछाडी परेको रुवी भ्यालीलाई पर्यटकिय बजारमा चिनाउन थालिएसँगै संरक्षित क्षेत्र बनाउने अभियान सुरु गरिएको गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष तेज बहादुर गुरुङले बताउनु भएको हो । संरक्षित क्षेत्र भएमा स्थानिय जडिबुटि, जल,जंगल, धार्मिक सास्ंकृतिक सम्पदाको संरक्षण हुने तथा पर्यटकहरुको रेकर्ड राख्ने अभियान सुरु गर्न सजिलो हुने भएकोले सरोकारवालाहरुलाई तयार रहन आग्रह गर्नुभयो ।

रुवी भ्याली क्षेत्रका लज र होमस्टे संचालकहरुलाई तालिम समापनका अवसरमा धादिङवेशीमा प्रमाणपत्र वितरण गर्दै गुरुङले आन्तरिक र वाह्य पर्यटकको केन्द्र बनाउने अभियान समेत थालिएको बताउनु भयो । त्यसैगरी गणेश हिमाल विकास समितिका पूर्व अध्यक्ष कुलबहादुर गुरुङले गणेश हिमाललाई होलि हिमाल वा आरोहणका लागि खुल्ला गर्नुपर्ने बताउनु भयो । पछिल्लो समय संस्था मार्फत भएको प्रचार प्रसार र विकास निमार्णको कार्यले स्थानियहरुमा उत्साह पलाएको भन्दै गुरुङले रुवी भ्यालीको टेल अन्तराष्ट्रिय मापदण्ड अनुसार निमार्ण भइरहेको बताउनु भयो । हिड नेपालका अध्यक्ष रणकेश गुरुङले तालिमबाट पर्यटन उद्योगमा दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुगेको बताउँदै आफनो बाँकी जीवन रुवी भ्यालीको प्रचार प्रसार र विकासमा विताउने बताउनु भयो । प्रमाणपत्र वितरण कार्यक्रममा आफनो मन्तव्य राख्दै मि माया तामाङले पर्यटकहरुलाई मिठो खाना बनाउन र स्वागत सत्कारको तरिकालाई व्यवहारमा उतार्ने बताउनु भयो । सिकेको सिपलाई व्यवहारमा उर्तान आग्रह गर्दै गणेश हिमाल पर्यटन विकास समितिका महासचिव राजेन्द सुवेदीले पर्यटकहरुको रुवी भ्याली नयाँ गन्तव्य भएको बताउनु भयो । २१ जना सहभागि रहेको तालिम कार्यक्रममा द माउन्टेन इन्सिटिउटका प्रशिक्षकहरुले सहजीकरण गरेको सुजित क्षेष्ठले बताउनु भयो । संस्थाले करेसावारीमा सघाउ पुग्ने औजारहरुसमेत हस्तान्तरण गरेको थियो ।

19389608_10155583890906282_1479780318_n

प्रतिक्रिया दिनुहोस