–कविता उपाध्याय
पर्यटकीय सम्भावना बोकेको रोल्पा संरक्षण र संवद्र्धनको अभावमा पर्खाइमा रहेको छ । एकातिर राज्यले रोल्पामा पर्याप्त लगानी गर्न सकेको छैन भने अर्काेतिर यहाँको समुचित विकासका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताले पहल गर्न नसकेका यहाँका नागरिकको आरोप छ । “रोल्पाली नेता देशकै विशिष्ट स्थानमा पुग्दा पनि पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यकताअनुसार चासो देखाएका छैनन्, अब कहिले र कसरी जिल्लाले विकासको गतिमा फड्को मार्ला ?” नागरिक समाजका अध्यक्ष घनश्याम आचार्यले भन्नुभयो ।
“जिल्लाले राष्ट्रिय रूपमा चर्चा पाउन सकेको छैन,” उहाँले भन्नुभयो । जिल्लाले हालसम्म सभामुख, उपराष्ट्रपति, उपप्रधानमन्त्री तथा अर्थमन्त्री समेत पाइसकेको अवस्था छ । तर उहाँहरूको ध्यान रोल्पातर्फ पुग्न नसकेको आचार्यको आरोप छ । “पर्यटन विकासका लागि जिल्लामा हवाई मैदानको आवश्यकता छ, यस विषयमा कसैले पनि चासो दिएका छैनन्,” उहाँले भन्नुभयो ।
जिल्लामा धेरै पर्यटकीय सम्भावना बोकेका क्षेत्र भएको हुँदा यसतर्फ समयमै सरोकारवालाहरूको ध्यान जान सके वा पर्यटकीय क्षेत्रको समुचित विकास हुन सके जिल्लाले छोटो समयमा नै फड्को मार्न सक्ने उहाँको भनाइ छ । यस्तै स्थानीय विकास अधिकारी सुशील वैद्यका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिक र युद्ध पर्यटनका रूपमा जिल्लालाई विश्वमै चिनाउन सकिन्छ । “जिल्लामा पर्यटनका थुपै्र सम्भावना छन् । “जिल्लालाई प्रभु महाराजको जन्मस्थान रुन्टी भनेर चिनाउन सकिन्छ । यसका लागि गुरुयोजना तयार गरेर पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ,” उहाँले भन्नुभयो ।
राजनीतिक संयन्त्रसहितको प्रतिनिधिमण्डलले गत भदौ अन्तिम साता प्रधानमन्त्री, अर्थमन्त्री र पर्यटनमन्त्रीसमक्ष मागपत्र पेस गरेका थिए । पर्यटकीय क्षेत्रको विकासका लागि निकट भविष्यमा सम्वबन्धित ठाउँमा पुगी रुन्टी पर्यटन महोत्सव र जलजला पर्यटन महोत्सव गर्ने लक्ष्य लिएको वैद्यले बताउनुभयो ।
प्रचारप्रसारको अभाव र गुरुयोजना बन्न नसक्दा पर्यटकीय क्षेत्रको सम्भावना रहेको जिल्ला ओझेलमा परेको जिविसका सम्पर्क व्यक्ति दीपक डिसी बताउनुहुन्छ । पर्यटन क्षेत्रको विकासका लागि जलजलालाई पर्यटन प्रवद्र्धनका क्षेत्रमा विकास गरी सहिद पार्क, शान्तिवाटिका र द्वन्द्व सङ्ग्रहालय बनाउन मोटरबाटो र पदमार्ग निर्माण जरुरी रहेको उहाँको भनाइ छ । धार्मिक पर्यटन तथा युद्धसँग जोडिएका मुख्य स्थानहरू होलेरी, जलजला, थबाङ, जेलबाङ पर्यटनको मुख्य केन्द्र बन्न सक्छन् । तर यी सबै स्थानलाई समेट्ने गरी नयाँ ट्रेकिङ रुटको विकास गर्नु आवश्यक छ । जलजलाको घमिरे लेक, स्यूरीमा अवस्थित सुनछहरी झरना, राँकमा रहेको राँकमा धुरी, गामको विवाङ दह र कोठी भिर, इरिबाङ र तालाबाङको सिमानामा रहेको लहरी छहरालगायत स्थानको विकास जरुरी रहेको डिसीले बताउनुभयो ।
यस्तै रुन्टीलाई केन्द्रविन्दु मानेर झेनाममा रहेको शिव पार्वती गुफा, जुँगारमा रहेको शिव गुफा, सखिमा अवस्थित गढी लेक, चौबीसे राजाको गढी, खुंग्रीमा रहेको त्रिपुराश्वरी देवीको मन्दिर, शिवपञ्चायन मन्दिर, गजुलकोट तथा पाटेश्वरी भगवती मन्दिर, जलजला बराह क्षेत्रलगायतलाई समग्र धार्मिक पर्यटकीय क्षेत्रको प्याकेजका रूपमा अगाडी बढाउन सकिन्छ । यसैगरी यहाँ रहेका सांस्कृतिक सम्पदा, रीतिथित र परम्परा, सारङ्गी नाच, भुमा नाच, लोक नाच, पैस्यारु नाच, दमाहचाल नाच, जागना नाच, जोमारे नाच, जोरा नाच, ह्याम्पै नाच, ढोका सिंगारु नाच, झाम्रे नाचलगायतका नाच पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने डिसीको भनाइ छ ।
यहाँका विभिन्न किसिमका बाजालाई पनि पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण सम्पत्तिका रूपमा लिन सकिन्छ । मादल, डौरी, दमाहा, ट्याम्की, खैँजडी, ढ्याङ्ग्रो, मुरी, बाँसुरी, सहनाई, नरसिङ्गा, भोकर, पैजन, मुजरा, झ्याली र करताललाई संरक्षण गर्नु जरुरी रहेको सांसद अमरसिंह पुन बताउनुहुन्छ । जिल्लामा विभिन्न अवसरमा गाइने जोमारे गीत, सरैला÷भरैला गीत, साइलाबरै गीत, कथौता गीत, मरु अराउने गीत, ह्याम्पै गीत, ढोटासिंगारु गीत, जोरा गीत, माडिखोले गीत र न्याहो गीत लोप हुनबाट जोगाउन सकेमा पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाइ छ ।
सांस्कृतिक सम्पदा रोल्पाका लागि पर्यटकीय सम्पदा हुन् । जिल्लालाई पर्यटन र प्रवद्र्धनका क्षेत्रमा विस्तार गर्नका लागि पटक पटक उच्च तहमा छलफल गर्दैआएको सांसद पुन बताउनुुहुन्छ । काठमाडौँस्थित गोकर्ण पार्कको शाखा रोल्पामा विस्तार गर्नका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो । “जलजलाको सिमसार क्षेत्र र बन्यजन्तु जगेर्नाका लागि वन मन्त्रालयले विभिन्न कार्यक्रमको तयारी गरेको छ,” उहाँले भन्नुभयो ।
६ कत्तिक, काठमाडाैँ मुदीमा अवस्थित धौलागिरि हिमालको उचाई (८,१६७ मिटर)आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ । अग्ला पहाड र...
पाइपलाइनमा २० वटा पर्यटकस्तर तारे होटेल प्रदेश-१ का १४ जिल्लामा महासंघमा आवद्ध पाँच हजारभन्दा बढी होटल छन्ा् । तीमध्ये साना-ठूला गरी एक हजारभन्दा...
सोलुखुम्बु, खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबापत रु चार करोड ४७ लाख १६ हजार राजश्व संकलन गरको छ । पदयात्री सूचना व्यवस्थापन प्रणाली...
काठमाडौँ, स्नेहा ट्राभल मिडियाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालभित्र प्रचलित खाना र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा लैजाने भएको छ । मिडियाले सन् २०१८...
काठमाडौँ, उद्योग मन्त्रालयले उद्योग दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाको समय थप गरेको छ । मन्त्रालयले औद्योगिक व्यवसाय...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline