MENU


खेलकुद पर्यटन प्रवद्र्धन गर्न पोखरामा भारतिय खेलाडीको मैत्रीपूर्ण खेल सम्पन्न

पोखरा, स्र्पोटर्स टुरिजम फोरम नेपालले पोखरामा खेलपर्यटन प्रवद्र्धन गर्न हिजो विविध खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल र भारतविचको सम्बन्धलाई खेलकुदका माध्यमबाट जनस्तरसम्म पु¥याउन कार्यक्रम आयोजना गरिएको स्र्पोटर्स टुरिजम फोरम नेपालका अध्यक्ष सुरेश दाहालले बताउनु भयो । यसअघि समेत संस्थाले पोखरामा त्यस्तै खालको कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो । करिब डेढ सय जना भारतियको कार्यक्रममा सहभागिता रहेको दाहालले बताउनु भयो ।

कर्वडी, व्याडमिन्टन, एथलेटिक्स, क्रिकेट र भलिवल विधामा कार्यक्रम सम्पन्न गरिएको संस्थाको महासचिव बाबुराम भण्डारीले बताउनु भयो । खेलकुद कार्यक्रमलाई नेपालका अन्य शहरहरुमा समेत विस्तार गरी संचालन गर्ने तयारी थालिएको भण्डारीले बताउनु भयो । पर्यटनसँगै खेलकुदका गतिविधिलाई जोड्न सकिएमा पर्यटकको बसाई लम्बाउन सजिलो हुने उहाँले बताउनु भयो ।

19758290_10211260285837121_912503295_n12140722_10211269596909892_5884692929993693504_n10314625_10211269592629785_2540076532961044105_n

 

प्रतिक्रिया दिनुहोस