MENU


हिमाल जोगाउन नेपाल पर्वतारोहण संघ निर्वाचनका लागि जिम्बाजाङबु शेर्पा प्यानल घोषणा

भुमराज/उज्जवल तिवारी

साउन १६, नेपाल पर्वतारोहण संघ (एनएमए)को यही साउन २१ गते सम्पन्न हुन लागेको निर्वाचनका लागि लैनचौर बैङकेटमा जिम्बा जाङ्बु शेर्पाको प्यानल घोषणा गरिएको छ छ ।नेपाली कांगे्रसनिकट नेपाल पर्यटन व्यवसायी संघ (निट), नयाँ शक्ति निकट तथा स्वतन्त्र पर्यटन व्यवसायीहरुको समर्थन रहेको उक्त प्यानल अब एमाले र माओवादी गठबन्धनमा बनेको सन्तबीर लामा प्यानलसँग चुनाव लड्नेछ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार जिम्बा जाङबु शेर्पा प्यानलको प्रथम उपाध्यक्षमा भूमीलाल लामा, द्वितीय उपाध्यक्षमा ङिमी शेर्पा, महासचिवमा कुलबहादुर गुरुङ, सचिवमा पी. छेवाङ शेर्पा र कोषाध्यक्षमा बिमल कुमार नहर्की रहनुभएको छ । त्यस्तै सदस्यहरुमा डा. हरि श्रेष्ठ, आङ छेवाङ शेर्पा, तुलसी गुरुङ, पेम्बा दोर्जे शेर्पा, दुर्गानाथ (बलराम) न्यौपाने, मुकुन्दप्रसाद पोखरेल, दा गेल्जे शेर्पा, ल्हाक्पा तेन्जी शेर्पा र देवी पन्त रहनुभएको छ ।

20430137_848468291969933_2479307800337645547_n

आरोही पेशेवरहरुको हक हितलाई बढाउँदै, टुहुरा बालबालिकालाई पढाउने, निमार्णाधिन अन्तराष्ट्रिय स्तरको भवन पुरा गर्ने तथा हिमाल जोगाउन व्यवसायिहरुको ऐक्यवद्धताको लागि आफुहरुले काम गर्ने अध्यक्षका प्रत्यासि जिम्बा जाङबु शेर्पाले बताउनु भयो । पहिलोचोही अध्यक्ष हुदाँ अदालतमा मुद्धा परेकोले आफुले धेरै काम गर्न नसकेकोले यसचोटी व्यवसायिक हक हितका लागि पहल गर्न आफु अध्यक्ष बन्न लागेको शेर्पाले बताउनु भयो । संचारमाध्यमको दैनिक समाचारमा एनएमएको गतिविधि आइरहने गरी काम गर्न आफनो उम्मेद्धवारी दिएको महासचिवका उम्मेदवार कुलबहादुर गुरुङले बताउनु भयो । गुरुङ टानका पूर्व उपाध्यक्ष तथा गणेश हिमाल पर्यटन विकास संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

पर्यटन व्यवसायलाई राजनीतिबाट मुक्त गर्नको लागी आफुहरु तयार रहेपनि एमाले र माओवादी पार्टीले आफना केन्द्रिय सदस्य पठाएर हस्तक्षेप गरेकोले सहमतिय सम्भावना टरेको निट नेपालका अध्यक्ष दिपक महतले बताउनु भयो । १५ सदस्सिय कार्यसमितिमा ७ जना शेर्पाहरुको उम्मेद्धवारी रहेको छ । पर्यटन पत्रकार संघ (जाट नेपाल) का अध्यक्ष देवीप्रसाद पन्त समेत सदस्य पदका लागि उम्मेद्धवार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस