MENU


भिटोफ नेपालको दुई दशकः होमस्टे प्रवद्र्धनमा सफलता

उज्जवल तिवारी

काठमाडौं, गाउँ पर्यटन प्रबद्र्धन मन्च (भिटोफ) नेपालले २१ औं बार्षिक साधारणसभा तथा गाउँ पर्यटन दिवस काठमाण्डौमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले युद्ध पर्यटनको अवधारणालाई गाउँ पर्यटनसँग जोडेर प्रवद्र्धन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

20476516_1439334036161411_5278209357949663655_n

कार्यक्रममा उपराष्टपति मार्फत नेपालमा प्रचलित होमस्टेहरुको सम्पूर्ण विवरण संलग्न वेभसाइटको औपचारिक शुभारम्भ र डाइरेक्टरीको लोकापर्ण गरिएको थियो । होमस्टे प्रवद्र्धनमा भिटोफको योगदान बढ्दै गएको भिटोफका अध्यक्ष कमल सापकोटाले बताउनु भयो ।
कार्यक्रममा पूर्व पर्यटनमन्त्री तथा माओवादी केन्द्रका पर्यटन विभाग प्रमुख लोकेन्द्र विष्टले माउन्टेन एयरपोर्ट निर्माण गर्नु पर्नेमा जोड दिए । एमालेको नेता तथा पर्यटन विभाग प्रमुख सूर्य थापाले ह्यात होटलले सरकारी जग्गा हडपी हालीमुहाली गरेकोमा उपराष्ट्रपति पुनको ध्यानाकर्षण गराउँदै तत्काल सो सम्पत्ति फिर्ता गर्न पहल गरिदिन आग्रह गरे । उनले सरकारले पर्यटन विकास समितिहरुको अधिकार र बजेटलाई खुम्चाउँदै गएकोमा आपत्ति समेत जनाए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने पर्यटन बोर्डकासदस्य राजेन्द्र सापकोटा, टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजाल, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल (नाट्टा)का अध्यक्ष मधुसुदन आचार्य, नेपाल पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहाल, नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष आङछिरिङ शेर्पालगायतले गाउँ पर्यटन प्रबद्र्धनमा भिटोफ नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
होमस्टे ब्रान्डिङ र भिटोफ पर्यायको रुपमा अघि बढेको बताउँदै भिटोफका उपाध्यक्ष दिपक दाहालले आगामी दिनमा गाउँ केन्द्रित थप कार्यक्रम गर्न आफुहरु उत्साहित रहेको बताउनु भयो । होमस्टेको प्रवद्र्धनमा भिटोफलाई राम्रो सफलता मिलेको बताउँदै भिटोफका महासचिव वाशुदेव पाण्डेले नीजि क्षेत्रले सामाजिक उत्तरदायित्वको रुपमा यो परियोजनालाई अगाडी बढाउनुपर्ने बताउनु भयो । कार्यक्रममा भिटोफ नेपालका पूर्व अध्यक्षद्वय बोधराज भण्डारी र शिव लामिछानेलाई सम्मान गरिएको थियो । यस वर्षको उत्कृष्ट होमस्टेको पुरस्कार कास्कीको हेम्जा होमस्टेले प्राप्त ग¥यो । सोही कार्यक्रममा पत्रकार शिव श्रेष्ठ, प्रकाश खालिङ र बाशु श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस