MENU


विश्वकै उत्कृष्ट मध्यको अन्नपूर्ण वेसक्याम्प यात्रा डायरी

ङवाङ शेर्पा (माउन्टेन गाइड)

नेपालमा विदेशबाट आउने धेरै पर्यटकहरुको चाहना हुन्छ नेपालको सुन्दर हिमाल र हिमाली जनजीवनको अवलोकन गरौ । चाहना हुदाँ हुदै पनि सवै पर्यटकहरु हिमाली क्षेत्रमा पदयात्रामा जान सक्दैनन् । तथ्याङ अनुसार करिव ७० प्रतिशत विदेशीहरु प्रमुख पदमार्गहरुमा हिड्डुल गर्ने गर्दछन् । जसमध्ये सवैभन्दा सजिलो, र धेरै पदयात्रीको रोजाईमा पर्न सफल अन्नपूर्ण वेसक्याम्प पछिल्लो समय आन्तरिक पदयात्रीहरुको समेत रोजाईमा पर्न सफल गन्तव्य हो ।

पर्यटकिय नगरी पोखराबाट सुरु हुने अन्नपूर्ण वेसक्याम्प पदमार्ग ८ देखि १० दिनमा सम्पन्न गर्न सकिन्छ । कास्कीको नयाँपुलबाट सुरु हुने पदयात्रा पहिलो दिन उल्लेरीमा पुगेर समापन हुन्छ । दोश्रो दिन २८०० मिटर उचाईमा रहेको घोरेपानीमा पुगेर बास बस्ने गरिन्छ । भोलिपल्ट विहानै ३२०० मिटर उचाईमा रहेको पुनहिलमा पुगेर अन्नपूर्ण र धौलागिरी हिमश्रृङखलाका २० भन्दा बढि चुचुराहरुलाई नजिकबाट देख्न सकिन्छ । अधिकांश पर्यटकहरु यहिबाट हिमाल हेर्न जाने गर्दछन् । विहानको सूर्योदयसँगै हिमाल हेर्न उपयुक्त मानिन्छ ।

बे्रकफास्ट गरेर तेस्रो दिन टाडापानीमा पुगेर बस्ने प्रबन्ध गर्न सकिन्छ जहाँ सामान्य स्तरका लजहरु पाइन्छ । छोटो पदयात्रा गर्नेहरु यहिबाट घान्दु्रकतर्फ लाग्ने गोरेटो बाटो छ भने बेसक्याम्प जानेहरु छोमरुङमा गएर बस्ने गर्छन । जहाँको गुरुङ बस्तिमा धेरै लजहरु खुलेका छन् । कतिपय पदयात्रीहरु यहाँ एकदिन थप बसेरमात्र आफनो पदयात्रालाई अगाडी बढाउँछन् । अर्कोदिन छोमरुङबाट वाम्वोमा पुगेर बास बसिन्छ । त्यसैगरी भोलीपल्ट देउरालीमा पुगेर बास बसिन्छ जहाँ सिमित लजहरु छन् ।

देउरालीबाट अर्कोदिन निगालोको जंगल हेर्दै ३८०० मिटरको उचाईमा रहेको माछापुच्छ«े वेसक्याम्पमा लन्च गरेर ४१३० मिटर उचाईमा रहेको अन्नपूर्ण बेसक्याम्पमा बास बस्न सकिन्छ ।

अन्नपूर्ण वेसक्याम्पबाट ३६० डिग्रीमा सेताम्मे हिमालहरु हेर्न सकिन्छ । जहाँबाट अन्नपूर्ण प्रथम र तेस्रो, बारसिखर, अन्नपूर्ण दक्षिण, हिउँचुली, मार्दी हिमाल, माछापुच्छे गंगापूर्ण, ग्लासिएर डम, टेनपिक,सिंहाचुली देख्न सकिन्छ । वेसक्याम्पमा ४ वटा होटलहरुमात्र रहेका छन् जहाँ अग्रिम बुकिङ गरेर जाँदा राम्रो हुन्छ । कतिपय व्यक्तिहरु भोलिपल्ट समेत त्यही बसेर हिमालको दृश्यपान गर्छन् ।

 

सोही बाटो हुदै ओरालोबाटो फर्कने भएकोले ८ घण्टा हिड्ने मान्छे हिमालयमा आएर बास बस्न सकिन्छ । हिमालयबाट अर्कोदिन ६ घयटाको हिडाईमा झिनुमा बास बस्न पुगिन्छ । जहाँ मोदि खोलाको किनारामा सुविधासम्पन्न ३ वटा तातोपानीका कुण्डहरु छन् । भोलिपल्ट झिनुबाट मोदी खोलको तिरै तिर सिवाईमा आएर लोकल जिप चढेर पोखरा पुग्न सकिन्छ ।

अन्नपूर्ण वेस क्याम्प पदयात्रामा सवै ठाउँमा वाईफाई, तातोपानीले नुहाउने व्यवस्था, विदेशी र स्वदेशी मेनु अनुसारका परिकारहरु पाक्ने गर्दछ । प्रतिदिन नेपालीलाई १ हजार देखी पन्ध्र सय सम्म र विदेशीको लागि दुई हजार देखी पच्चिस सय रुपैया खर्च लाग्ने गर्दछ ।

20527358_10203507064235370_2135583935_n

 

 

प्रतिक्रिया दिनुहोस