MENU


पाँचपोखरी टेल रेसमा महिला र पुरूष दुवैमा कुलुङ प्रथम

चन्द्रखाँण ठकुरी,  सिन्धुपाल्चोक, प्रथम पाँचपोखरी टेल रेसमा महिला र पुरुष दुवैतर्फ सोलुखुम्बुका कुलुङ थरका युवा युवती प्रथम भएका छन् । पूर्णिमाको अवसरमा आयोजित दौडमा पुरुषतर्फ सुमन कुलुङ र महिलातर्फ निरकला कुलुङले उपाधि जितेका हुन् । पाँचपोखरी देखी रैथानेसम्म भएको २४ किलोमिटर दौडमा सुमनले २ घण्टा १७ मिनेट र निरकलाले ३ घण्टा ३ मिनेटमा दौड पुरा गरेका थिए ।

४१ सय मिटर उचाईमा रहेको सिन्धुपाल्चोक जिल्लाको प्रमुख पर्यटकिय धार्मिक स्थल पाँचपोखरीको प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरेको सगरमाथा आरोही माया गुरुङले बताउनु भयो । पहिलोचोटी आयोजना गरिएको दौडमा ७१ पुरुष र १४ महिला गरी ८५ जना सहभागि भएका थिए । दौडमा प्रथम दितिय र तृतिय हुनेलाई नगद सहित रैथानेमा सम्मान गरिएको थियो । कार्यक्रमको आयोजनाले पाँचपोखरीको पर्यटकिय प्रवद्र्धनमा सहयोग पुगेको थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनु भयो । विश्व समावेशी संस्था डुखाङ र पाँचपोखरी मानव युवा क्लवले समन्वय गरेको कार्यक्रमलाई नेपाल पर्यटन वोर्डले सहयोग गरेको थियो । कार्यक्रमले स्थानियहरुलाई निकै उत्साहित बनाएको आयोजक संस्थाकी अवि श्रेष्ठले बताइन ।

प्रवद्र्धन हुन सकेमा पाँचपोखरी रसुवाको गोसाईकुण्ड जस्तै प्रख्यात स्थल हुन सक्ने रेडियो नेपालका परेश सापकोटाले बताउनु भयो । सम्भावना भएर पनि उचित प्रचार प्रसार हुन नसकेको सापकोटाको भनाई थियो ।

 

 

प्रतिक्रिया दिनुहोस