काठमाण्डौ, रोयल माउन्टेन ट्राभलले आफनो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामुदायिक होमस्टेहरुको प्रवद्र्धनमा जोड दिदै आएको छ । ग्रामिण पर्यटनलाई पर्यटकहरुले अनुभूति गर्न सकुन भन्ने उदेश्यले पछिल्लो समय होमस्टेको प्रचार प्रसार र विकासमा लागेको रोयल माउन्टेन ट्राभलका प्रबन्ध निर्देशक शिव ढकालले बताउनु भयो ।
ग्रामिण जनजीवनको अनुभूति, स्थानियसँगको घुलमिल, परम्परा, जात्रा, संस्कृतिको आदन प्रदान र अनुभूति गर्न पाउने भएकोले पर्यटकहरुको रोजाई होमस्टे बन्दै गएको ढकालले बताउनु भयो । न्यूनतम सेवा सुविधामा पनि पर्यटकहरु स्थानिय जीवनशैलीसँग रमाउने गरेकोले धेरैजसो पर्यटकहरुको लागी होमस्टेको बसाई अविस्मरणिय हुने गरेको उहाँले बताउनु भयो ।
रोयल माउन्टेनले प्रवद्र्धन गरेको महिलाहरुद्धारा संचालित पनौती सामुदायिक होमस्टे अहिले व्यवसायिक हिसावमा निकै सफल र उदाहरिणय हुदै गएको होमस्टे संचालक समितिका अध्यक्ष शिला अमात्यले बताउनु भयो । महिलाहरुले होमस्टे मार्फत मासिक कम्तिमा १५ हजार कमाइरहेको बताउदै अमात्यले सामाजिक सांस्कृतिक आदन प्रदान तथा नेतृत्वकलामा विकास, आत्मसम्मानसँगै सांस्कृतिक पक्षको जर्गेनामा समेत ठूलो टेवा पुगेको बताउनु भयो । महिलाहरुको क्षमता विकास, स्वाभिमान र सृजनशिलताको विकासमा होमस्टे कोसेढुङगा भएकोले महिलाहरुको नेतृत्वलाई आफुहरुले प्रोत्साहन गरेको ट्राभलको भनाई छ ।
पाहुनाले अनलाइनबाट बुकिङ गर्न सक्ने
रोयल माउन्टेन ट्राभलले स्वदेशी तथा विदेशी पाहुनाले मन परेको होमस्टे छानेर अनलाइन मार्फत बुकिङ गर्न सक्ने तथा होमस्टे संचालकले बुकिङ कन्फर्म गर्ने गरी वेवसाइट निमार्ण गरेको छ । www.communityhomestay.com मा गएर नेपालभरका होमस्टे छनौट गरी बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ । हाल कम्युनिटि होमस्टेमा ९ वटा होमस्टेहरु रहेका छन् । जसमा काभ्रेपलान्चोक जिल्लाको पनौती सामुदायिक होमस्टे, नवलपरासी जिल्लाको बरौली सामुदायिक होमस्टे, नुवाकोट जिल्लाको बेल्कोटगढी नपा ११ मा रहेको पञ्चकन्या सामुदायिक होमस्टे, बर्दिया जिल्लाको थारु सामुदायिक होमस्टे, ललितपुरको पाटन सामुदायिक होमस्टे, भक्तपुर वास्तोलागाउँमा रहेको नगरकोट सामुदायिक होमस्टे, काभ्रे जिल्लाकै पात्लेखेत सामुदायिक होमस्टे, पाल्पा जिल्लाको पाल्पा सामुदायिक होमस्टे र कास्की जिल्लाको अन्नपूर्ण कम्युनिटि टे«क होमस्टे आवद्ध भइसकेका छन् । निकट भविष्यमा नेपालभरका अन्य होमस्टेलाई पनि संजालमा जोड्ने गरी काम भइरहेको रोयल माउन्टेन ट्राभलका पुनम गुप्ताले बताउनु भयो ।
नेपाल सरकारले नेपाल पर्यटन वर्षको उपलक्ष्यमा सन् २०११ देखी होमस्टेलाई औपचारिक रुपबाट दर्ता गरी पाहुनालाई बसोबासको लागि अनुमति प्रदान गरेपछि होमस्टेहरु गाउँ गाउँमा खुल्ने क्रम बढेको हो । होमस्टेको प्रवद्र्धन, प्रचार र विकासमा पर्यटन व्यवसायीहरु आवद्ध गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफले पनि ५ वर्षदेखि निरन्तर काम गरिरहेको अध्यक्ष कमल सापकोटाले बताउनु भयो । नेपाल पर्यटन बोर्ड, तारा गाउँ विकास समिति, नाथम जस्ता सरकारी निकायहरुले समेत भौतिक पूर्वाधार विकास, अतिथी सत्कार, कुकिङ तालिम संचालन गरी होमस्टेको प्रवद्र्धनमा आफनो सहभागिता जनाउँदै आएका छन् । होमस्टे पर्यटनले गाउँघरमा सकारात्मक सोच, एकता, भातृत्व, सांस्कृतिक तथा धार्मिक पक्षको विकास गराउन समेत ठूलो भूमिका खेलेको नगरकोट सामुदायिक होमस्टेका अध्यक्ष सुरज बाँस्तोलाले बताउनु भयो ।
मकवानपुर, मकवानपुर जिल्लाको थाहा नगरपालिका १ कुन्छाल गाउँमा होमस्टेको सुरुवात भएको छ । राजधानीबाट नजिकको पर्यटकिय क्षेत्र कुन्छाल होमस्टेको लागि उपयुक्त भएको गाउँ...
२साउन,काठमाडाैँ। दुग्ध विकास संस्थानले सात दिनका लागि उपभोक्ता उपहार योजना ल्याएको छ । संस्था स्थापना भएको ५२ वर्ष पुगेका उपलक्ष्यमा संस्थानले बिक्री केन्द्रबाट...
उज्जल तिवारी/काठमाण्डौ, ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) को आयोजनामा ट्रेकिङ गाईडलाई अन्तराष्ट्रिय स्तरको पर्वतिय पर्यटन सुरक्षा र प्राथमिक उपचार सम्बन्धि ४ दिने...
काठमाण्डौ, गुरुङ पर्यटन व्यवसायी संघ, गणेश हिमाल पर्यटन बिकास समिति र रसुवा नुवाकोट पर्यटन समाजले संयुक्त आयोजनमा जेठ २५ देखी २७ सम्म पर्यटकिय...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline