MENU


एसियन लाइफ स्टाइल टुरिजम अवार्डबाट रिभर फन विच रिर्सोट पुरस्कृत

काठमाण्डौ, एसियन लाइफ स्टाइल टुरिजम अर्वाड २०१७ बाट गोरखामा रहेको रिभर फन विच रिर्सोट पुरस्कृत भएको छ । आज सिंगापुरमा आयोजित एक भव्य समारोहका विच रिर्सोटका संचालकद्धय शंकर अधिकारी र राजन सिंखडाले सो पुरस्कार ग्रहण गर्नुभएको हो ।

पब्लिक भोटिङका माध्यमबाट दक्षिण एसियामा नै आफनो रिर्सोटले अवार्ड जित्नु नेपालको पर्यटकिय गन्तव्यको प्रचारमा कोसेढुङगा भएको रिर्सोटका संचालकद्धय अधिकारी र सिंखडाले बताउनु भयो । साहसिक गन्तव्य रिर्सोटको अवार्ड वितरण समारोहमा दक्षिण एसियाभरबाट पूर्वपर्यटनमन्त्रि, विज्ञ, व्यवसायी उद्यमीहरु सहित ३०० जनाको उपस्थिति रहेको थियो । एसिया लिडिङ रिर्सोटको उपाधीले नेपालको साहसिक गन्तव्य प्रवद्र्धनमा थप सहयोग पुगेको छ ।

रिभर फन विच रिर्सोट पछिल्लो समय विदेशी सँगै स्वदेशी पर्यटकहरुको समेत रोजाईमा पर्ने गरेको थियो । काठमाण्डौबाट पृथ्वीराजमार्गमा यात्रा गर्दा मुग्लिन पुग्नु ५ किलोमिटर अगाडी राजमार्गको पारीपटि शान्त ग्रामिण परिवेशमा त्रिशुली किनारामा रहेको रिर्सोट राफ्तिङ , क्याम्पिङको लागि प्रख्यात रहेको छ ।20245668_10209745978395249_8090967377471503487_n

 

प्रतिक्रिया दिनुहोस