MENU


राजधानीमा पर्यटन शैक्षिक मेला सुरु

सुरज न्यौपाने, काठमाण्डौ । नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (एनसिटिटिएम)को आयोजनामा आजबाट राजधानीमा पर्यटन शैक्षिक मेला सुरु भएको छ । मेलाको उद्घाटन गर्दै कलेजका प्रिन्सिपल प्रनेश शर्माले नेपालमा पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेकोले मेलाबाट पर्यटन सम्बन्धि शिक्षा बुझ्न सघाउ पुग्ने बताउनु भयो ।

तिन दिन सम्म संचालन हुने मेलामा १५०० विद्यार्थीले अवलोकन गर्ने कलेजले जनाएको छ । नीजि क्षेत्रबाट विएचएम र विटिटिएम कक्षा संचालन गर्ने एनसिटिटिएम नेपालको पहिलो कलेज हो । गौशाला स्थित कलेज प्राङगणमा मेलामा शुभकामना मन्तव्य व्यक्त गर्दै कलेजकी अध्यक्ष तथा संविधानसभाकी सदस्य छाँया शर्माले हस्पिटालिटी क्षेत्रमा गुणस्तरीय तथा दक्ष जनशत्ति उत्पादनमा आफनो कलेज ब्राण्ड बनाएको बताउँदै नेपाली पर्यटन उद्योगमा अध्ययनशिल जनशक्ति आवश्यक रहेकोले ढुक्कले हस्पिटालिटी क्षेत्र पढ्न आग्रह गर्नुभयो ।

मेलामा द लास्ट रिर्सोट, अरुण टेक्स एण्ड एक्सपीडिसन, ट्रिप कन्र्सन लगायतका संस्थाले पर्यटन सम्बन्धि जानकारी सहित आफनो सेवामा छुटको अफर गरेका छन् । मेलामा नेपालको कला तथा संस्कृति झल्कने भेषभुषाको समेत प्रर्दशनी छ । पछिल्लो समय पर्यटन बजारमा अध्ययन गरेको जनशक्तिको माग बढेसँगै विएचएम र विटिटिएम गर्ने विद्यार्थीहरुको चाप बढेको छ ।

 

Tourism Education Fair 2017

Tourism Education Fair Cultural Dress

 

प्रतिक्रिया दिनुहोस