पोखरा, नेपालमा गाउँ पर्यटनको विकास र थप सम्भावनाका खोजी गर्न स्थापित गाउँ पर्यटन प्रवर्धन मञ्च भिटोफ (पोखरा)ले रविन्द्रराज पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।
गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल पोखरा शाखाको तेस्रो वार्षिक साधारण सभा एवम् दोस्रो अधिबेशनले युवा व्यवसायी रबिन्द्र राज पौडेलको अध्यक्षतामा ९ कार्यसमिति सर्बसम्मतले चयन गरेको हो । ११ जना कार्यसमितमा रहने व्यवस्था अनुसार १ जना कार्यसमिति सदस्य निवर्तमान अध्यक्ष तारा पहारी र बाँकी एक जना अध्यक्षले मनोनयन गर्ने व्यवस्था छन् ।
आइतबार कास्कीको कालबाङ घडेरी होम स्टेमा आयोजित कार्यक्रमबाट चयन भएका अन्य पदाधिकारीमा उपाध्यक्षमा चुडामणि दाहाल (राजु), सचिवमा रमेश खत्री, कोषाध्यक्षमा सूर्यनाथ पहारी रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा शुशीला भण्डारी, अशोक पराजुली, भुपेन गुरुङ, सन्तोष सापकोटा, कमलबहादुर भुजेल रहनु भएको छ । कार्यक्रममा कान्तिपुर र नागरिककर्मीलाई पत्रकारिता पुरस्कार समेत प्रदान गरिएको थियो । पुसभित्र होमस्टे महोत्सव गर्ने अध्यक्ष रविन्द्रराज पौडेलले बताउनु भयो । होमस्टेको विकास र प्रचारमा भिटोफले पछिल्लो समय अभियान संचालन गर्दै आइरहको छ ।
मोरङ, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुबास निरौलालाई यतिखेर कृषि तथा पशुपालनको कामले भ्याइ नभ्याई छ । मोरङको उखरमाउलो गर्मीमा एक...
१४ मंसिर, गोरखा । पालुङटार नगरपालिका–२ स्थित ऐतिहासिक थलो लिगलिगकोट घुम्न आउने पर्यटलाई लक्षित गरेर होम स्टे सञ्चालनमा ल्याइएको छ । पछिल्लो समय...
काठमाण्डौ, नेपाली मौलिक कला तथा संस्कृतिलाई अन्तराष्ट्रियकरण गर्ने उदेश्य सहित काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा एक्सिसेवल आर्ट एण्ड कल्चर नामक संस्थाको स्थापना भएको छ...
१ कात्तिक काठमाडाैँ । रूसकी ६ वर्षिया बालिका विश्व सुन्दरी घोषित भएकी छिन् । ४ वर्षको उमेरबाट मोडलिङ शुरू गरेकी उनलाई विश्वको सबैभन्दा...
सतिश निरौला (साइकल अभियन्ता खजुरा, नेपालगंज) साइकल मार्फत शहर घुमाउने नेपालगन्ज को पहिलो कार्यक्रम हो टुर दि ठाकुरद्वार । देशभर साइक्लिङ्ग मा रुचि...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline