MENU


दोश्रो मिस टुरिजम कात्तिकमा हुँदै

काठमाण्डौ, प्वाईन्ट मिडियाले आगामी कात्तिक १८ गते दोश्रो मिस टुरिजम–२०१७ को आयोजना गर्ने बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । भाद्र १९ गतेदेखि असोज ६ गते शुक्रवारसम्मका लागि देशभर आवेदन खुल्ला गरिएको मिडियाले जनाएको छ । प्वाईन्ट मिडियाका अध्यक्ष नबीन काफ्लेले १८ देखि २५ वर्ष उमेर समुहका अविवाहित नेपाली महिलाहरुले आवेदन दिन सक्ने बताउनु भयो ।
गत वर्ष ओरुषा थापाले मिस टुरिजमको उपाधि जितेकी थिइन । गत वर्षको उत्साहजनक सहभागिताकोे आधारमा कार्यक्रम सफल हुने काफ्लेले बताउनु भयो । काफ्ले राष्ट्रिय पर्यटन पत्रकार संघका कोषाध्यक्ष समेत हुनुहुन्छ ।
पर्यटन क्षेत्रमा युवा र महिला सशक्तिकरण गर्ने उद्देश्यका आयोजना गर्न लागिएको यो कार्यक्रमले नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन, आन्तरिक पर्यटकहरुको वृद्धि गर्दै नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस