काठमाण्डौ, पछिल्लो समय काठमाण्डौ भित्रै होमस्टे संचालन हुने क्रम बढेको छ । यसैक्रममा थापाथली दरवार रेष्टुरेन्टसँगै देवलोक होमस्टेको संचालन भएको हो । दैलेख स्थायी बसोबास भइ हाल सिंहदरवारमा सरकारी सेवा गरिरहनु भएकी निर्मला ज्वालाले सो होमस्टे संचालनमा ल्याउनु भएको हो ।
निर्मलाले यसअघि नै देवलोक एड्भेन्चर नामक ट्राभल एजेन्सी संचालनमा ल्याउनु भएको छ । पर्यटन आफनो सवैभन्दा रोजाईको पेशा भएकोले सरकारी सेवा वाहेकको सम्पूर्ण समय पर्यटकिय विताउँदै आउनु भएकी ज्वालाले दैलेख दुल्लुको लागि समय समयमा टुर प्याकेज समेत संचालन गर्दै आउनु भएको छ ।
होमस्टेमा ग्रामिण परिवेशको जस्तै मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुने उहाँले बताउनु भयो । थापाथली स्थित प्रसुति गृहबाट पूर्वतिरको ५०० मिटर अगाडी बाग्मती नदी किनारामा रहेको होमस्टेले प्रकृतिलाई समेत जोड्ने उहाँले बताउनु भयो । होमस्टेमा प्याकेजको समेत व्यवस्था गरिएको छ । ज्वालाले यसअघि होमस्टेसँगै एपीवान टेलिभिजनसँगै थापाथली दरवार नामक रेष्टुरेन्ट समेत संचालन गर्दै आउनु भएको छ । नेपालीहरुलाई विशेष प्राथमिकता दिई आतिथ्यता प्रदान गर्न संचालन गरिएको होमस्टेमा ९८५११७०१०४ मा बुक गरि सेवा लिन सकिनेछ ।
१ कात्तिक, काठमाडाैँ म्याग्दीको जिल्ला मङ्गला गाउँपालिका–५ अर्मनमा परीक्षणका रुपमा गरिएको टर्की पालन सफल भएको छ । शिशु कल्याण माविका शिक्षक घनश्याम सुवेदी...
सुरज न्यौपाने, काठमाण्डौ । नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (एनसिटिटिएम)को आयोजनामा आजबाट राजधानीमा पर्यटन शैक्षिक मेला सुरु भएको छ । मेलाको...
विराटनगर । प्रदेश-१ का मेची र कोशी अञ्चलमा होटेल व्यवसायमा लगानी थपिने क्रम बढेको छ । हरेक वर्ष सुविधा सम्पन्न होटेल निर्माण तीव्र...
ङवाङ शेर्पा (माउन्टेन गाइड) नेपालमा विदेशबाट आउने धेरै पर्यटकहरुको चाहना हुन्छ नेपालको सुन्दर हिमाल र हिमाली जनजीवनको अवलोकन गरौ । चाहना हुदाँ हुदै...
४ कात्तिक, काठमाडौँ । सरकारले आगामी दशकलाई भ्रमण वर्षका रुपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । सन् २०२०...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline