काठमाडौ, पर्यटन पत्रकार संघ (जाट–नेपाल)को सातौं वार्षिक साधारणसभाले नारायण भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।सर्वसम्मत निर्वाचित संघको प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ, द्वितीय उपाध्यक्षमा शेखर अधिकारी, महासचिवमा हरिशरण न्यौपाने, सचिवमा कुमार चौलागाई र कोषाध्यक्षमा राजीव जोशी रहेका छन् । त्यस्तै, सदस्यहरुमा शंकर प्रधानाङ्ग, किशोर खड्का, सविता उप्रेती, किशोर बस्नेत, अच्यूत रेग्मी, श्रीहरी श्रेष्ठ र मोहनप्रसाद मैनालीलाई चयन गरेको छ । १५ सदस्यीय कार्यसमितिमा दुई सदस्य अध्यक्षले मनोनित गर्नेछ ।
साधारणसभाको उद्घाटन सत्रमा पर्यटन पत्रकारिता मार्फत सगरमाथाको उचाइ समान योगदान पुर्याएको भन्दै नेपाल टेलिभिजनका बरिष्ठ सम्पादक राजु सिलवाललाई ८८४८ नगद पुरस्कारसहित ‘स्व हरिराज जोशी पर्यटन पत्रकारिता पुरस्कार’बाट सम्मान गरियो । त्यस्तै, संघलाई सात वर्षसम्मको यात्रामा निरन्तर सहयोग गरेको भन्दै नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ र खुम्बिला प्रतिष्ठानलाई कदर गरेको थियो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटनको विकासमा पत्रकारहरुले पुर्याएको योगदानको कदर गर्दै पर्यटनको प्रबद्र्धनमा एकसाथ अगाडि बढ्ने धारणा राखेका थिए । उनले भूकम्प र नाकाबन्दि पछिको यो समयमा पनि पर्यटक आगमन बढ्नुमा सञ्चारकर्मीहरुकै ठूलो योगदान रहेको बताए । त्यस्तै शुभकामना व्यक्त गर्दै ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजालले नकारात्मक सोचका साथ पर्यटन पत्रकारिता गर्नेहरुले अखडा जमाएको भन्दै सकारात्मक रिपोर्टिङ गर्नेहरुलाई जाट नेपालले प्रोत्साहन गर्नु पर्ने बताए । त्यस्तै, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापाले नेपालमा पर्यटन प्रबद्र्धनका लागि जाट नेपाल र पत्रकार महासंघबीचको सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटाले केही पत्रकारहरुले चुनावको वेलामा मात्र सञ्चारमाध्यमलाई सक्रिय पारेको र अरु वेला सुत्ने गरेको तीतो यथार्थ सुनाए ।
त्यस्तै, कार्यक्रममा शुभकामना मन्तव्य दिदै एनएमएका निवर्तमान अध्यक्ष आङछिरिङ शेर्पाले जाट नेपाल नै पर्यटन क्षेत्रको विश्वासिलो संस्था रहेको भन्दै आगामी दिनमा यस संस्थाबाट धेरै अपेक्षा गर्न सकिने बताए ।उद्घाटन सत्रमा स्वागत मन्तव्य दिदै संघका प्रथम उपाध्यक्ष शिव श्रेष्ठले जाट नेपाल पर्यटनको सकारात्मक विकासको लागि कलम चलाउनेहरुको संस्था भएकोले पर्यटन क्षेत्रको समाचार संकलनमा जाटको उपस्थिति उल्लेखनि रहेको बताउनु भयो । जेटूजे सम्मेलन, फेसटूफेस कार्यक्रम, पर्यटन पत्रकार गाउँ घोषणाका कार्यक्रम तथा विविध गतिविधिलाई जाट–नेपालले उच्च प्राथमिकतामा राखि कार्यक्रम गर्ने बताएको छ ।
तिन वर्ष अगाडी देखी राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) समेत समानान्तर रुपमा क्रियाशिल छ । वक्ताहरुले पर्यटनमा एउटै मात्र पर्यटन पत्रकारको संस्था बनाउन आग्रह गर्दै स्वस्थ प्रतिस्पर्धालाई अगाडी बढाउन आग्रह गरेका थिए ।
मंशिर २३, काठमाण्डौ एकाएक सामाजिक सञ्जालबाट तरकारीवालीको रुपमा उदायकी कुसुम श्रेष्ठको गाउँमा होमस्टे निमार्ण र त्यसको प्रवद्धृन गरिने भएको छ । आन्तरिक र वाह्य...
इलाम । किसानले यस वर्ष एक हजार ९९५ मेट्रिक टन सुन्तला उत्पादन गरी रु ११ करोड ९७ लाखको सुन्तला बिक्री गरेका छन् ।...
१३ असोज, झापा । पर्यटन प्रवद्र्धनलाई बढवा दिने उद्देश्यले झापाका चारजना युवाले रु दुई करोडको लगानीमा ‘द वल्र्ड फन पार्क’ निर्माण गरेका छन्...
३१ असार,कठमाडाै। विश्व सम्पदा सूचीमा परेकाे बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्कन थालेको छ ।काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले...
पोखरा, स्र्पोटर्स टुरिजम फोरम नेपालले पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पोखरामा भारत र नेपाली खेलाडीविच विभिन्न खेल प्रतियोगिता सम्पन्न गरेको छ । भारत र...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline