MENU


पर्यटनको नयाँ प्रडक्ट होमस्टे

काठमाण्डौ, होमस्टे एसोसियसन नेपालले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमम होमस्टे पर्यटनको नयाँ प्रडक्ट भएको सरोकारवाला निकायहरुले बताएका छन् । पर्यटनको पछिल्लो विकासक्रममा होमस्टेप्रति स्वदेशीहरुको चासो र भ्रमणको स्तरले यसलाई प्रमाणित गरेको नेपाल पर्यटन वोर्ड संचालक समितिका सदस्य कृष्ण अर्यालले बताउनु भयो । होमस्टेको प्रवद्र्धन गर्न सके पर्यटन पूर्वाधारहरुको विकासमा स्थानियहरुको सहभागिता बढाउन सकिने नेपाल पर्यटन वोर्ड संचालक समितिका सदस्य घनेन्द्र श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै तारागाउँ विकास समितिका अध्यक्ष नारद लुइटेलले क्षेत्रिय विकासको अवधारणामा होमस्टेले सघाउ पुरयाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा दुई दर्जनबढि होमस्टे संचालकहरुको सहभागिता रहेको होसानका अध्यक्ष भीम केसीले बताउनु भयो । आफुहरु होटलहरुको प्रतिस्पर्धी नभई भिन्न अवधारणामा पाहुनाहरुलाई स्थानियपनको महशुष गराउन लागिपरेको बताउँदै होसानका उपाध्यक्ष धनिश्वर वस्यालले होमस्टेहरु ट्रिप एडभाइजरको सुचीमा सुचिकृत भएको बताउँदै होमस्टे दिगो पर्यटनको आधार स्तम्भ रहेको बताउनु भयो ।

स्थानियस्तरमा नै होमस्टे दर्ता तथा नियमन गर्ने अधिकार प्रत्योजन गर्न आग्रह गरिएको होसानका कोषाध्यक्ष सुरज वाँस्तोलाले बताउनु भयो । होमस्टे दर्ता प्रक्रिया झन्झटिलो भएको समेत वास्तोलाले बताउनु भयो । कार्यक्रममा मन्तव्य व्यत्तः गर्दै भिटोफका उपाध्यक्ष दिपक दाहालले होमस्टेहरुको प्रवद्र्धन गर्न आफुहरु मिलेर काम गर्न तयार रहेको बताउनु भयो । भिटोफले पछिल्लो समय होमस्टेहरुको प्रवद्र्धनमा सक्रिय सहभागिता जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस