काठमाण्डौ, पर्यटन क्षेत्रमा सम्वद्ध व्यक्तिहरुको संलग्नतामा आज आयोजित कार्यक्रमका विच टुरिजम टाेस्टमार्स्टस क्लव सार्वजनिक गरिएको छ । टाेस्टमार्स्टस इन्टरनेशनलमा आवद्ध टुरिजम टाेस्टमार्स्टस नेपालको नवौ क्लव भएको उपाध्यक्ष दिनम लामिछानेले बताउनु भयो ।
सकारात्मक सिकाई, संचारसिपको विकास, नेतृत्व विकास सँगै आत्म विश्वास बढाउने प्रमुख उदेश्यका साथ पर्यटन क्षेत्रमा आवद्ध व्यक्तिहरुको संलग्नतामा सो क्लव गठन गरिएको हो । क्लवको अध्यक्षमा पंकज प्रधानाङ्ग शिक्षा उपाध्यक्षमा मनि बस्नेत, सदस्यता उपाध्यक्षमा सरिक बोगटी, सार्वजनिक सम्बन्ध उपाध्यक्षमा दिनम लामिछाने चयन हुनु भएको छ । त्यसैगरी सचिवमा नेहा अमात्य, कोषाध्यक्षमा शिवराज राई र सेरजेन्टस एट अाम्समा सन्दिपा बन्स्याल चयन हुनु भएको हो ।
पर्यटन क्षेत्रमा सकारात्मक पक्षको बारेमा बोलेरै पाहुनालाई आर्कषित गर्नुपर्ने भएकोले क्लवले सकारात्मक पर्यटनलाई विकास गर्न सघाउ पुरयाउने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बताउनु भयो । पर्यटन क्षेत्रमा संलग्न व्यक्तिहरुको व्यक्तित्व, भाषा, दक्षता तथा प्रशंसा गर्ने क्षमताले पर्यटकलाई आर्कषित गर्न सक्ने भएकोले टुरिजम टाेस्टमार्स्टस क्लव कोसेढुङगा हुने पर्यटन व्यवसायी विजय अमात्यले बताउनु भयो । एक वर्षको बाईस हजार रुपैया तिरेर सदस्यता लिन सकिने क्लवले जनाएको छ । १० अक्टोवरमा क्लवको अर्को वैठक होटल याक एण्ड यतिमा हुदै छ ।
काठमाडौं, २०५२ सालबाट सुरु भएको सरकार र माओवादी आन्दोलन तथा त्यसको सवैभन्दा बढि प्रभावित क्षेत्रलाई लक्षित गरेर गुरिल्ला पदमार्ग संचालनमा ल्याउन पदमार्ग...
१० माघ, काठमाडौं । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन कम्प्युटर रेकर्ड प्रणाली सुरु गरेको छ । पुरानो फाइलको व्यवस्थापन गरी...
वुटवल, पश्चिम नेपाल विकास ट्रष्टको तेस्रो साधारणसभा जेठ १५ गते वुटवलमा हुने भएको छ । रुपन्देही जिल्ला प्रशासनमा दर्ता भएको सो संस्था पश्चिम...
५ साउन, काठमाडाैँ।बन्दाबन्दीपछि जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ । सरकारी निर्णयानुसार जिल्लाभित्र चल्ने गरी सवारी साधन सञ्चालनमा आएका हुन् ।गत चैत...
काठमाण्डौ, प्वाईन्ट मिडियाले आगामी कात्तिक १८ गते दोश्रो मिस टुरिजम–२०१७ को आयोजना गर्ने बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । भाद्र १९...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline