MENU


साहसिक युवा पर्यटनकर्मी दावा लामाको गोक्यो री लेक क्षेत्रको एकल फोटो प्रर्दशनी हुँदै

काठमाण्डौ, साहसिक युवा पर्यटनकर्मीसँगै फोटोग्राफरको पहिचान बनाउनु भएका दावा लामाको गोक्यो री लेक सम्बन्धी एकल फोटो प्रर्दशनी हुने भएको छ । २२ सेप्टेम्वर देखी २९ सेप्टेम्बर सम्म नेपाल पर्यटन बोर्डमा एकल फोटो प्रर्दशनीको तयारी पुरा भएको टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का कार्यसमिति सदस्य समेत रहनु भएका लामाले बताउनु भयो । ट्राभल टाइम्स ट्रेक्सका संचालक दावा युवा पुस्तामा सकारात्मक सोच सहित साहसिक पर्यटन प्रवद्र्धनमा सक्रिय हुनुहुन्छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गोक्यो रि लेक नाम्चे बजारबाट तिन दिनमा पुग्न सकिन्छ । समुन्द्री सतहबाट ५३६० मिटर उचाईमा रहेको गोक्यो रि लेकबाट सगरमाथासँगै, मकालु, चोयु र ल्होत्से हिमालको राम्रो सँग अवलोकन गर्न सकिन्छ । सन् २०११ बाट दावाले खिचेका ३३ वटा तस्बिरलाई प्रर्दशनीमा राख्न लागेको नेपाल पर्यटन बोर्डले जनाएको छ । एउटै स्थानको बारेमा खिचिएको पहिलो फोटो प्रर्दशनी भएको कारण दस हजार भन्दा बढि दर्शकले हेर्ने अपेक्षा गरिएको टानका महासचिव कर्ण लामाले बताउनु भयो ।

दशै र तिहारको विदामा नेपालीहरुलाई समेत सो स्थान भ्रमण गर्न उपयुक्त समय मानिन्छ । काठमाण्डौबाट लुक्ला प्लेनमा गएर १० दिनमा काठमाण्डौ फर्कन सकिन्छ । सगरमाथा आधारशिविरमा धेरै पर्यटक गए पनि गोक्यो रि लेकको प्रचार प्रसार कम भएकोले फोटो प्रर्दशनी गर्न लागिएको टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

आन्तरिक पर्यटकहरुलाई प्रोत्साहित गर्न दशैको सन्ध्यामा आयोजित फोटो प्रर्दशनी तथा विक्रीबाट उठेको रकम काभ्रे टेकनपुर ८ तिमालमा रहेको सनमन प्राथमिक विद्यालयलाई प्रदान गरिने छ । १३२ विद्यार्थी अध्ययनरत सो विद्यालयमा शिक्षकको अभावमा पठनपाठन प्रभावित हुँदै आइरहेको छ । टानको सहयोगमा हुन लागेको फोटो प्रर्दशनी निः शुल्क अवलोकन गर्न सकिने नेपाल पर्यटन बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस