MENU


ट्रेकिङ गाईडलाई प्राथमिक उपचार तालिम

उज्जल तिवारी/काठमाण्डौ, ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) को आयोजनामा  ट्रेकिङ गाईडलाई अन्तराष्ट्रिय स्तरको पर्वतिय पर्यटन सुरक्षा र प्राथमिक उपचार सम्बन्धि ४ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । टान, नेपालस्थित फ्रान्सेली राजदुतावास र आईस हिमालयजको संयुक्त आयोजनामा प्रदान गरिएको तालिममा विभिन्न २७ जना टे«किङ गाईडहरुको सहभागिता रहेको थियो । तालिममा आलिअन्स फ्रन्सेज लगायत फ्रान्सका सरकारी तथा गैर सरकारी संस्थाहरुको प्राविधिक सहयोग रहेको टानका कार्यसमिति सदस्य सरिता लामाले बताउनु भयो ।
नेपाल पर्यटन वोर्डमा आयोजित प्रमाणपत्र वितरण समारोहमा नेपाल स्थित फ्रान्सेली कार्यवाहक राजदुत श्री अर्नुद स्याम्पीले नेपालको पदयात्रा पर्यटनमा तालिमप्राप्त गाईडको अनुभवले जोखिम घटाउन सघाउ पु¥याउन बताउनु भयो । टानका कार्यसमिति सदस्य तथा तालिम विभाग संयोजक शितल चन्द्र धरेलले तालिमले पर्यटक सुरक्षाको प्रत्याभुती दिलाउन महत्वपूर्ण भूमिका खेल्ने भएकोले आगामी दिनमा यस्ता प्रकारका क्षमता अभिवृद्धि तालिम संचालनमा टानले योजना बनाउनु पर्ने बताउनु भयो । टानका कार्यकारी निर्देशक टेकबहादुर महतले संचालन गर्नुभएको कार्यक्रमको सभापतित्व टान अध्यक्ष चन्द्र रिजालले गर्नुभएको थियो ।21617912_10155654185394705_3341506002478639711_n

महासचिव लामालाई मानार्थ सदस्यता प्रदान
सोही कार्यक्रममा टानका महासचिव कर्ण लामालाई आईसिई हिमालयले मानार्थ सदस्यता प्रदान गरेको छ । मानार्थ सदस्यता प्राप्त गर्ने लामा पहिलो नेपाली नागरिक हुनुहुन्छ । लामा टानको वर्तमान कार्यकालमा सवैभन्दा बढि कार्यालयमा रहि जनसम्पर्क तथा प्रचार प्रसारमा खटिने व्यक्ति समेत हुनुहुन्छ । 21767977_10155654181319705_7935638699485844049_n

प्रतिक्रिया दिनुहोस