लमजुङ, दुवै मृगौला फेल भई उपचार गराइरहनु भएकी मस्र्याङ्दी गाउँपालिका ९, सिम्पानी लमजुङकी २७ बर्षीया सरिता बराललाई लमजुङ अमेरिका सेवा समाजले आर्थिक सहयोग प्रदान गरेको छ । अमेरिकाको बल्टिमोर बस्ने नेपालीहरु द्वारा स्थापना गरिएको सामाजिक संस्था मार्फत सहयोग रकम प्रदान गरिएको संस्थाका अध्यक्ष शशि थापाले बताउनु भयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेलले लमजुङ अमेरिका सेवा समाजले संकलन गरि पठाएको ५२ हजार ३३४ रुपैयाँँ सरिता को श्रीमान इन्द्र बराललाई बेशीशहरमा हन्तान्तरण गर्नुभएको हो । समाजका अध्यक्ष सशी थापा रुद्रमान गुरुङ, सागर घले, रमेश श्रेष्ठ, अरुण आकाश श्रेष्ठ, दिनेश कमली, सुवोध पन्त, गणेश अधिकारी, मनोज रेग्मी, नवराज घिमिरे, सागर कुंवर खड्का, अर्जुन सुयेल, भुपेन्द्र गुरुङ, रघुनाथ भट्टराई, नन्द गुरुङ र प्रेम घिमिरेले संयुक्त रुपमा रकम उठाएर सहयोग प्रदान गर्नुभएको हो ।
सरिता बराल विगत ६ बर्षदेखि मृगौला फेल भएर उपचाररत हुनुहुन्छ । उहाँको हाल तनहुँको दमौलीमा डायलिसिस भैरहेको छ । आफनो बाँच्ने चाहनालाई सहयोग गर्ने सवैलाई धन्यवाद दिदै सरिताले सहयोगी हातहरु भएमा आफु थप बाँच्ने बताउनु भयो । लमजुङ अमेरिका सेवा समाजले केही समय अघि मिर्गौला फेल भई उपचाररत लमजुङ जिल्लाको दोर्दी गाउँपालिका, भारते गाउँ निवासी सुरेन्द्र गुरुङलाई दुई लाख उनान्साठी हजार दुई सय सतसट्ठी रुपैँया आर्थिक सहयोग गरेको थियो ।
समाजले दैविप्रकोप तथा असहायहरुलाई आगामी दिनमा समेत सहयोग गर्दै जाने समाजका अध्यक्ष शशी थापाले बताउनु भयो । बाल्टिमोर लगायत अमेरिकाको विभिन्न क्षेत्रमा लमजुङ जन्मथलो भएका व्यक्तिहरु विच घनिष्टता, आत्मियता बढाउन समाजले कार्यक्रम गर्ने तयारी गरेको छ ।
१८ भदौ, काठमाडौं । लोपोन्मुख पन्छी सुन गिद्धको गुँड पछिल्लो पटक कञ्चनपुर जिल्लामा फेला परेको छ । सुन गिद्धको गुँड समुद्री सतहबाट १...
५ फागुन, सोलुखुम्बु । दृष्यावलोकनका लागि प्रख्यात सोलुखुम्बुको पत्तालेमा निर्माण गरिने बुद्धपार्क पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले शिलान्यास गर्नुभएको...
काठमाण्डौ, १० औ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले काठमाण्डौमा दौड कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।...
१२ असोज, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणमा गरेको कामको प्रशंसा गर्नुभएको छ । आज चितवन राष्ट्रिय निकुञ्जको कार्यालय...
१३ असोज, मुस्ताङ । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको वार्षिक आम्दानी ६७ लाख रुपैयाँको हाराहारीमा हुने गरेको छ ।...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline