MENU


दिपक जंगम अविरल यात्रा साँझ सम्पन्न

काठमाण्डौ, मिस नेपाल आयोजना गर्दै आइरहेको द हिडेन टेजरको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा दिपक जंगज अविरल यात्रा सम्पन्न भएको छ । रुस्लान भोड्का र कर्लस मोवाइलले सहयोग गरेको कार्यक्रमको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।21728154_10212552339597062_6601009681465414898_n

कार्यक्रममा दिपक जंगमले संगितवद्ध गर्नुभएका विभिन्न कालजयी गितहरु रामकृष्ण ढकाल, संगिता राणा, शैलेश सिंह, बानिका प्रधान, दीपक खरेल, आनन्द कार्की, दीप श्रेष्ठ, कर्ण दाश, अजर जंगम, सुमन कुमार श्रेष्ठ, निशा देसार, तारा थापाले प्रस्तुत गर्नुभएको थियो ।
५० वर्षसम्म अटुट सांगितिक क्षेत्रमा निरन्तर क्रियाशिल दिपक जंगम हाल त्रिभुवन विश्वविद्यालय पदमकन्या क्याम्पसमा प्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । वि.स २०१० सालमा टौमढी भक्तपुरमा जन्मनु भएका जंगमका पत्नी बेनी जंगम रावल र पुत्र अजर जंगम पनि सांगितिक क्षेत्रमा नै क्रियाशिल हुनुहुन्छ । सोही सांगितिक कार्यक्रममा सांगितिक क्षेत्रमा उहाँको योगदानसँगै अन्य सांगितिक क्षेत्रका हस्तिहरुको बारेमा अशोक सिलवाल द्धारा लिखित सचित्र प्रकाशित पुस्तक समेत सार्वजनिक गरिएको थियो । कार्यक्रमलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिने आयोजक संस्थाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस