MENU


अनुप थापा मगरको नेतृत्वमा मगर पर्यटन समाज

–प्रणव वुढाथोकी

काठमाडौं । नेपाल मगर पर्यटन समाजकोे अध्यक्षमा अनुप थापा मगर सर्वसम्मत रुपमा चयन हुनु भएको छ । पर्यटन क्षेत्रमा सक्रिय मगरहरुको सक्रियतामा गठन भएको समाजले मगर जातिको हक हित र उत्थानको लागि विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आइरहेको छ ।magar-tourism-samag

ग्रामिण क्षेत्रमा पर्यटकिय गाउँहरुको विकास मार्फत पर्यटनमा मगर जातिलाई जोड्न आगामी दिनमा थप सक्रिय रहने समितिका उपाध्यक्ष राजकुमार थापा मगरले बताउनु भयो । मगर पर्यटन समाजको काठमाण्डौमा भएको छैठौ साधारण सभा मार्फत नयाँ कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा राजकुमार थापा मगर, दितिय उपाध्यक्षमा सर्वजीत अस्तानी मगर, महासचीवमा जीवन थापामगर, सचिवमा महेश बुढामगर र कोषअध्यक्षमा कर्ण रानामगर भएका छन् । त्यस्तै सदस्यहरुमा जितेन्द्र भाmक्री, तिर्थराज खपाङ्गी, राम थापामगर, हेम पुन मगर, टिकाथापा मगर, विन्दु थापामगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस