MENU


हरेक दिन सांस्कृतिक साँझसँगै स्वादिलो नेपाली खानाका लागि भोजन भूमि

गौरी भट्ट,

काठमाण्डौ, विदेशी नागरिकहरु नेपाल आएपछि नयाँ ठाउँ घुम्नु त पक्कै सौखको विषय हो त्यो सँगै त्यही बसाईमा नेपाली खाना चाख्नु पनि अर्को रुचिको विषय बन्ने गरेको छ । नेपाली सांस्कृतिक भेषभुषामा सजिएर सांगितिक मनोरञ्जनसँगै स्वादिष्ट नेपाली खाना प्रदान गर्ने उदेश्यले पर्यटकिय केन्द्रविन्दु ठमेलमा नयाँ रेष्टुरेन्ट खुलेको छ ।

४ महिनाअघि तिन जना युवा व्यवसायिको २ करोड लगानीमा खुलेको भोजन भूमि ठमेलकाे मुलवरी होटलसँगै छ । १५ वर्षभन्दा बढि रेष्टुरेन्टमा काम गरेको अनुभवको आधारमा भोजन भूमि संचालनमा ल्याएको विरोध भट्टराईले बताउनु भयो । विदेशीहरुलाई नेपाल बसाईमा नेपाली संस्कृति, गित तथा स्वादिष्ट खाना खुवाउन आफुहरुले विशेष मेनु बनाएको संचालक राम कुमार बोहोराले बताउनु भयो । हरेक दिन बेलुका ७ बजेदेखी ९ बजेसम्म प्रत्यक्ष सांस्कृतिक साँझमा नेपालका विभिन्न भु भागलाई प्रतिनिधित्व गर्ने गित तथा नृत्य प्रस्तुतीलाई विशेष रुपमा विदेशीहरुले मन पराइरहेको अर्का संचालक रामहरी सुवेदीले बताउनु भयो ।

भोजन भूमिमा दुई वटा हल छन् । मुख्य हलमा सांस्कृतिक कार्यक्रमसँगै १२० जना बस्न मिल्ने डाइनिङ टेवल छ भने त्यसको बाहिरपटि बगैचासहितको ६० जना अट्ने खुल्ला स्थान छ । भोजन भूमिमा प्रवेश गर्ने वित्तिकै नेवारी भेषभुषामा सजिएकी युवतीले पालामा रक्सिले स्वागत गर्ने गरिन्छ । त्यसपछि मः म तथा सुप दिइन्छ र अन्तिममा नेपाली खाना खुवाइन्छ । शाकाहारीको लागि विशेष शुद्ध खाना खुवाउने प्रबन्ध गरिएको छ । ३० जना कर्मचारी कार्यरत भोजन भूमिमा एकैपटकमा २०० जना पाहुनालाई सेवा प्रदान गर्न सकिने संचालक रामकुमार बोहराले बताउनु भयो । नेपालीहरु समेत पछिल्लो समय रेष्टुरेन्टमा खाना खान जाने क्रम बढेकोले भोजन भूमि उपयुक्त गन्तव्य भएको रेष्टुरेन्टले बताएको छ । स्वदेशी र विदेशीको लागि अलग अलग मूल्यसुची कायम गरिएको छ ।

18766093_799172966907496_5840031393301789861_n18813259_799930453498414_8707295369124619468_n18813837_799930500165076_1511988799159466701_n18814189_801416486683144_2079080276233647807_n19248016_813043728853753_1793955541651497198_n20228323_829752343849558_1413397636800997342_n20431673_836562599835199_1924952323906889682_n

प्रतिक्रिया दिनुहोस