MENU


सञ्चालनमा नआएका उद्योगलाई म्याद थपका लागि तीन महिनाको समय

काठमाडौँ, उद्योग मन्त्रालयले उद्योग दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाको समय थप गरेको छ ।

मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ५२ अनुसार उद्योग दर्ताको प्रमाणपत्रको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाका लागि म्याद थपको व्यवस्था गरेको हो ।

मन्त्रालयले म्याद थपका लागि दिएको समयअवधिसम्म आवेदन नगर्ने उद्योगको औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ८ को उपदफा (५) बमोजिम स्वतः रद्द गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस