MENU


फेवाताल माथि स्वर्ग जस्तै क्यास्टल रिर्सोट (फोटोफिचर)

भुमराज तिवारी /पोखरा, पर्यटकिय नगरी पोखरा र फेवाताल पर्याय जस्तै बनेको छ । फेवाताल नहुँदो हो त पोखरा पोखरा हुदैनथ्यो । स्वदेशी तथा विदेशी दुवैको लागि आकर्षक गन्तव्य फेवाताल माथिको उत्तर तिरको डाँडामा २४ वर्षअघि आयरल्यान्ड निवासी ज्वेयले ३ करोड लगानीमा निमार्ण गरेको क्यास्टल रिर्सोट शान्त र आरामदायी बसाईको लागि उपयुक्त गन्तव्य बन्न सक्छ ।

फेवाताललाई नजिकबाट हेर्न सवैभन्दा उपयुक्त स्थल रिर्सोटमा तातोपानी सहितको पौडि पोखरी छ । जाडो समयमा समेत तातोपानीमा पौडीखेल्दै पोखरा आसपासको दृश्यावलोकन गर्न सकिन्छ । व्याडमिन्टन कोर्ट, टेवल टेनिस, टेम्पोलिन लगायतका खेल खेल्न पर्याप्त घाँसे मैदान छ । जंगलको विचमा रहेको रिर्सोटको वातावरण जंगल भित्रै बसेको जस्तो छ । लेकसाइडबाट पामे जाने सडकबाट माथि १५ मिनेटको पैदल दुरीमा रहेको क्यास्टल रिर्सोटको रेष्टुरेन्ट पुरानो संग्राहलय जस्तै देखिन्छ ।

आफनै वारीमा फलेको फलफूल तथा ताजा तरकारी खान पाइने रिर्सोटमा ज्वेय र उहाँकी श्रीमती सोफिया आफै पाहुनाको स्वागत सत्कारमा खटिनु हुन्छ । ७५ वर्षका ज्वेय नेपाली युवाहरुको लागि प्रेरणाको स्रोत हुनुहुन्छ । पर्यटनको प्रचुर सम्भावना देखेर नै आफुहरुले नेपाललाई कर्मघर बनाएको सोफियाको भनाई छ । स्थानिय कामदारबाट संचालित रिर्सोटले स्थानियहरुलाई रोजगार सृजनामा सहयोग पुगेको वार म्यान रविन सुनुवारले बताउनु भयो । पाहुनाहरुको खुसी नै आफनो सन्तुष्टि भएको बताउँदै ज्वेयले पोखरा आउने पर्यटकलाई रिर्सोट घुम्न आउन निम्ता दिनु भयो । २० रोपनी क्षेत्रफलमा फैलिएको रिर्सोटमा प्रतिरात २३ जनाले आरामदायी बास बस्न सक्छन् । रिर्सोटमा प्रतिरात ३८ देखी ७८ यूरो पर्ने रुमहरु रहेको छ । थप जानकारीको लागि ०६१४६१९२६, ९८५६०२०७८४ र ९८५१०७७७८० मा फोन सम्पर्क गर्न सकिन्छ ।

Pool and Lounge Chairs The Castle Resort 20170110_120504 restaurant03 pool-big DSC_0169 DSC_0166 DSC_0108 DSC_0097 DSC_0077 DSC_0062 DSC_0164 The Outdoor Pool The Irish Bar - Another View

प्रतिक्रिया दिनुहोस