MENU


समाचार

रिचार्जरले९९९ मा पल्स अक्सिमिटर, कोभिडका सामान उपलब्ध

२९ वैशाख,काठमाडाै। कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ । पेमेन्ट गेटवे ई सेवासँगको सहकार्यामा रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निशुल्क डेलिभरी गरिदिने भएको हो । पल्स अक्सिमिटर ९९९ रुपैंयामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । रिचार्जरले मोबाइल…

बैशाख २९, २०७८ - बुधबार

Always Tourism

एसइई र कक्षा १२ को परीक्षा स्थगित

आगामी जेठ १३ गतेबाट सञ्चालन हुने एसइई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोभिड–१९ को महामारी बढिरहेको र सरकारले पनि यथास्थितिमा परीक्षा सञ्चालन नगर भनेकाले यही अवस्थामा परीक्षा सञ्चालन गर्न…

बैशाख २७, २०७८ - सोमवार

Always Tourism

उपत्यकामा एकैदिन थपिए ४१०६ जना कोरोना संक्रमित

२४ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्र ३०८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा गरी कुल ४१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बैशाख २४, २०७८ - शुक्रबार

Always Tourism

माघे सङ्क्रान्तिमा नुवाकोटकाे चार ठाउँमा ३१ हल गोरु जुध्दै

२७ पुस, नुवाकोट । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको छ । जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले गोरु जुधाइका कार्यक्रम तयारी…

पुस २७, २०७७ - सोमवार

Always Tourism

पोखरेली महिला पर्यटन व्यवसायी मञ्चको दोश्रो अधिवेशन सम्पन्न

पोखरा, महिला पर्यटन व्यवसायी मञ्च को दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा पोखरामा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा पार्वती पाण्डे निर्वाचित हुनुभएको छ । यसैगरी उपाध्यक्षमा उमा रेग्मी भण्डारी, सचिवमा ममता न्यौपाने, सह सचिवमा सर्मिला न्यौपाने, कोषाध्यक्षमा लक्ष्मी लामिछाने र सह कोषाध्यक्षमा शारदा भुजेल निर्वाचित हुनुभएको हो । त्यसैगरी सदस्यहरुमा गोमा देवी अधिकारी,…

पुस २७, २०७७ - सोमवार

Always Tourism

मुस्ताङ जिल्लाकाे लोमाङ्थाङ क्षेत्रमा भारी हिमपात

 काठमाडाैँ।पुस२१, मुस्ताङको जिल्लाकाे लोमाङ्थाङ क्षेत्रमा भारी हिमपात भएको हो ।  सोमबार साँझदेखि यस वर्षको दोस्रो हिमपात भइरहेको लोमाङ्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले बताउनुभयो । तल्लो मुस्ताङमा भने चिसो बढे पनि हिमपात भइसकेको छैन । लोमाङ्थाङमा सोमबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । चिसो छल्नका लागि लोमाङ्थाङका अधिकांश स्थानीयवासी जिल्ला बाहिर छन् । घर…

पुस २१, २०७७ - मङ्लबार

Always Tourism

अमेरिकामा एकैदिन थपिए तिन लाख कोरोना संक्रमित

विश्वका कयौँ देशहरुमा कोरोना भ्याक्सिन प्रयोगका लागि अनुमति पाइसकेसँगै भ्याक्सिनेशनको तयारी सुरु भइसकेको छ । तर कोरोना संक्रमणको घटनामा कम हुने कुनै संकेत नै देखिएको छैन । अमेरिकामा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै २ लाख ९९ हजार संक्रमित थपिएका छन्। यो संख्या कोरोना संक्रमणको सुरुवात भएदेखि हालसम्म थपिएका नयाँ संक्रमितहरुको संख्यामा सबैभन्दा धेरै हो ।विश्वमा…

पुस २०, २०७७ - सोमवार

Always Tourism

कोरोना महामारीमा बन्द गरिएका विद्यालयसहित सबै क्षेत्र खुल्ला हुने

१९ पुस, काठमाडौं । कोरोना भाइरस महामारीका कारण २०७६ चैतदेखि बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो । बैठकका…

पुस १९, २०७७ - आइतवार

Always Tourism

टेकिङ गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष कर्ण घलेको निधन

काठमाण्डौ, टेकिङ गाइड एसोसियसन अफ नेपाल टिगानका अध्यक्ष कर्ण घलेको निधन भएको छ । लामो समय देखि मृगौला रोगका कारण पीडित घले उपचार गराइरहनु भएको थियो । नेपालको पर्वतिय पर्यटनमा संलग्न गाइडहरुलाई एकत्रित गरी संस्थागत रुपमा घलेले लामो समयदेखी नेतृत्व प्रदान गर्दै आउनु भएको थियो । करिब तिन दशक देखी भरिया हुदै गाइडको रुपमा सक्रिय…

पुस १९, २०७७ - आइतवार

Always Tourism

चिम्टेश्वर, देविघाट र नुवाकोट दरबारलाई समेटेर विकास क्षेत्र समिति बनाइने पर्यटनमन्त्री ढकाल

नुवाकोट, नुवाकोटको ऐतिहासिक क्षेत्र चिम्टेश्वर, देविघाट र नुवाकोट दरबारलाई समेटेर विकास क्षेत्र समिति गठन गरिने पर्यटनमन्त्री भानुभक्त ढकालले बताउनु भएको छ । शनिवार नुवाकोटको दुई प्रमुख पर्यटकिय स्थल देविघाट र नुवाकोटको अवलोकन भ्रमण पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले धेरै काम अहिले नै घोषणा गर्नुभन्दा पर्यटन विकासको लागि समिति बनाएर काम गर्नुपर्ने बताउनु भयो ।…

पुस १९, २०७७ - आइतवार

Always Tourism

पर्यटनमन्त्री भानुभक्त ढकालले गरे नुवाकोटको साततले दरबार र देविघाट क्षेत्रको अवलोकन (फोटोफिचर

नुवाकोट, १८ पौष,  पर्यटनमन्त्रीको नयाँ जिम्मेवारी पाउनु भएका भानुभक्त ढकालले नुवाकोट जिल्लाको प्रमुख पर्यटकिय तथा ऐतिहासिक स्थल साततले दरवार र देविघाट क्षेत्रको शनिवार भ्रमण गर्नुभएको छ । भुकम्पपछि चिनिया सरकारको सहयोगमा निमार्णाधिन नुवाकोट दरवारको काम अवलोकन गर्दै मन्त्री ढकालले पुरानै संरचनामा दरवार बनेपछि नुवाकोटमा आन्तरिक तथा वाह्य पर्यटकको केन्द्र बन्ने बताउनु भयो । राजधानीबाट नजिक…

पुस १९, २०७७ - आइतवार

Always Tourism

गाेरखाकाे लिगलिगकोटमा नयाँ होमस्टे सञ्चालन

१४ मंसिर, गोरखा । पालुङटार नगरपालिका–२ स्थित ऐतिहासिक थलो लिगलिगकोट घुम्न आउने पर्यटलाई लक्षित गरेर होम स्टे सञ्चालनमा ल्याइएको छ । पछिल्लो समय लिगलिगकोट घुम आउनेको संख्या बढेको तर खाने बस्ने समस्या रहेकाले होम स्टे राखेको लिगलिगकोट होम स्टे समितिकी अध्यक्ष प्रेमकुमारी थापाले बताइन् । होम स्टे सञ्चालनका लागि सात वटा घर निर्माण गरिएको छ…

पुस १९, २०७७ - आइतवार

Always Tourism

२०२० मा दुई लाख तिस हजार विदेशीले गरे नेपाल भ्रमण

१९ पुस, काठमाडौँ । सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक लाख ८३ हजार १३० तथा स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका हुन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण अघिल्लो वर्षको…

पुस १९, २०७७ - आइतवार

Always Tourism

कोरोनाबाट एक महिलाको मृत्यु

५ असाेज,काठमाडाैँ।कोरोना सङ्क्रमित एक महिलाको  मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ ।  ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताउनुभयो । उच्च रक्तचाप र  कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई गत भदौ २९ गते कोरोना सङ्क्रमण…

अशोज ५, २०७७ - सोमवार

Always Tourism

आजदेखि आन्तरिक उडान सुरु

नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको छ । त्यसपछि माग र औचित्यका आधारमा उडान तालिका स्वीकृत गर्नेगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको छ । आगामी ९ दिनसम्म साविकको तुलनामा २५ प्रतिशत हवाई उडान हुनेछन् । सामाजिक दुरी कायम गरी पूर्ण स्वास्थ्य सतर्कता अपनाएर…

अशोज ५, २०७७ - सोमवार

Always Tourism