MENU


समाचार

नारामा गंगाप्रसाद नेपाल र निमबहादुर मगरविच चुनावी प्रतिस्पर्धा हुँदै

काठमाडौं, नेपाल एसोसिएशन अफ् राफ्टिङ एजेन्टस् (नारा)को २९ औं बार्षिक साधारणसभा तथा निर्वाचन भाद्र २० मा हुदै छ । नयाँ नेतृत्वको लागि गंगाप्रसाद नेपाल र निमबहादुर मगरविच चुनावी प्रतिस्पर्धा हुने लागेको हो । नेपाल नाराका पूर्व महासचिव हुनुहुन्छ भने मगर पोखराका व्यवसायी हुनुहुन्छ । महासचिवमा शिव अधिकारी निर्विरोध भइसक्नु भएको छ । रयाफटिङ पेशामा पछिल्लो…

भदौ १९, २०७४ - सोमवार

Always Tourism

राजधानीमा पर्यटन शैक्षिक मेला सुरु

सुरज न्यौपाने, काठमाण्डौ । नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (एनसिटिटिएम)को आयोजनामा आजबाट राजधानीमा पर्यटन शैक्षिक मेला सुरु भएको छ । मेलाको उद्घाटन गर्दै कलेजका प्रिन्सिपल प्रनेश शर्माले नेपालमा पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेकोले मेलाबाट पर्यटन सम्बन्धि शिक्षा बुझ्न सघाउ पुग्ने बताउनु भयो । तिन दिन सम्म संचालन हुने मेलामा १५०० विद्यार्थीले अवलोकन…

भदौ ११, २०७४ - आइतवार

Always Tourism

पर्यटन यातायात समिति पोखराको नवौ अधिवेशन सम्पन्न

पोखरा, पर्यटन यातायात समिति पोखराको नवौ अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनमा पर्यटक चढ्ने हरियो प्लेटको गाडीलाई निवार्ध संचालनको लागि सरकार र सम्बन्धित निकायको गम्भिर ध्यार्नाकर्षण गराइएको सचिव सुरेश दाहालले बताउनु भयो । अधिवेशनले बोबरजंग गुरुङको अध्यक्षतामा १२ सदस्यिय कार्यसमितिको चयन गरेको छ । समितिमा गणेश बहादुर…

भदौ ५, २०७४ - सोमवार

Always Tourism

एसियन लाइफ स्टाइल टुरिजम अवार्डबाट रिभर फन विच रिर्सोट पुरस्कृत

काठमाण्डौ, एसियन लाइफ स्टाइल टुरिजम अर्वाड २०१७ बाट गोरखामा रहेको रिभर फन विच रिर्सोट पुरस्कृत भएको छ । आज सिंगापुरमा आयोजित एक भव्य समारोहका विच रिर्सोटका संचालकद्धय शंकर अधिकारी र राजन सिंखडाले सो पुरस्कार ग्रहण गर्नुभएको हो । पब्लिक भोटिङका माध्यमबाट दक्षिण एसियामा नै आफनो रिर्सोटले अवार्ड जित्नु नेपालको पर्यटकिय गन्तव्यको प्रचारमा कोसेढुङगा भएको रिर्सोटका…

भदौ ५, २०७४ - सोमवार

Always Tourism

निर्वाचित भएको १५ दिनपछि एनएमए पदाधिकारीले लिए सपथ

काठमाडौं, नेपाल पर्वतारोहण संघ (एनएमए)का नवनिर्वाचित पदाधिकारीहरुले आज १५ दिनपछि सपथ ग्रहण लिएका छन् । निर्वाचन सम्पन्न भएको केही दिनमै उत्पन्न भएको धाँधली सम्बन्धि विवादका कारण पदाधिकारीहरुको सपथ कार्यक्रम रोकिएको थियो । अध्यक्षमा पराजित जिम्बाजाम्बु शेर्पा समूहले निर्वाचनमा धाँधली भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी हालेका थिए । प्रतिवेदनमा एनएमएको निर्वाचन निष्पक्ष रुपमा सम्पन्न…

भदौ ४, २०७४ - आइतवार

Always Tourism

राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन भाद्र ६ गते हुँदै

काठमाण्डौ, टुरिष्ट गाईड एसोसियसन अफ नेपाल (टुर्गान) को आयोजनामा भाद्र ६ गते राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन हुने भएको छ । केही वर्षयता नियमित जसो हुदै आएको सम्मेलनको नारा दिगो पर्यटनका लागि व्यवसायिक दक्षता तय गरिएको छ । कमलादीस्थित सि डब्लु पार्टी हलमा आयोजना हुन लागेको सम्मेलनको सवै तयारी पुरा भएको कार्यक्रमका संयोजक भाईकृष्ण खड्काले बताउनु…

भदौ ४, २०७४ - आइतवार

Always Tourism

हिमाल जोगाउन नेपाल पर्वतारोहण संघ निर्वाचनका लागि जिम्बाजाङबु शेर्पा प्यानल घोषणा

भुमराज/उज्जवल तिवारी साउन १६, नेपाल पर्वतारोहण संघ (एनएमए)को यही साउन २१ गते सम्पन्न हुन लागेको निर्वाचनका लागि लैनचौर बैङकेटमा जिम्बा जाङ्बु शेर्पाको प्यानल घोषणा गरिएको छ छ ।नेपाली कांगे्रसनिकट नेपाल पर्यटन व्यवसायी संघ (निट), नयाँ शक्ति निकट तथा स्वतन्त्र पर्यटन व्यवसायीहरुको समर्थन रहेको उक्त प्यानल अब एमाले र माओवादी गठबन्धनमा बनेको सन्तबीर लामा प्यानलसँग चुनाव…

साउन १६, २०७४ - सोमवार

Always Tourism

खेलकुद पर्यटन प्रवद्र्धन गर्न पोखरामा भारतिय खेलाडीको मैत्रीपूर्ण खेल सम्पन्न

पोखरा, स्र्पोटर्स टुरिजम फोरम नेपालले पोखरामा खेलपर्यटन प्रवद्र्धन गर्न हिजो विविध खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल र भारतविचको सम्बन्धलाई खेलकुदका माध्यमबाट जनस्तरसम्म पु¥याउन कार्यक्रम आयोजना गरिएको स्र्पोटर्स टुरिजम फोरम नेपालका अध्यक्ष सुरेश दाहालले बताउनु भयो । यसअघि समेत संस्थाले पोखरामा त्यस्तै खालको कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो । करिब डेढ सय जना भारतियको…

असार २३, २०७४ - शुक्रबार

Always Tourism

गेट कलेजमा मिस्टर एन्ड मिस गेट २०१७ सम्पन्न

मण्डीखाटार, एक दशक अघि स्थापना भएको गेट कलेजले मिस्टर एन्ड मिस गेट २०१७ प्रतियोगिता सम्पन्न गरेको छ । होटल व्यवस्थापनका विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना हुँदै आएको ‘मिस्टर एन्ड मिस गेट’ प्रतियोगिताको यो वर्षको उपाधि मुर्तजा हम्रा र डेनिसा गुरुङले जितेका छन् । यसैगरी, गेट मिस्टर ट्यालेन्ट महेश पाण्डे, गेट पर्सनालिटीको उपाधि सञ्चय…

असार ४, २०७४ - आइतवार

Always Tourism

एयर होस्टेसलाई क्रियटिभ मेमोरी तालिम

काठमाण्डौ, अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम केन्द्र फ्लाइटेक इन्टरनेशनलले एयर होस्टेसलाई क्रियटिभ मेमोरी तालिम प्रदान गरेको छ । डा नवल पजियारले सहजीकरण गर्नु भएको तालिममा स्मरणशक्ति बढाउने तरिका, नेतृत्वकलाको विकास बारेमा प्रशिक्षण प्रदान गरिएको फ्लाइटेक इन्टरनेशनलका प्रबन्धक नाजिर हुसेनले बताउनु भयो । स्वदेशी र विदेशी वायु सेवा कम्पनीमा फ्लाइटेकबाट तालिम प्राप्त एयर होस्टेसहरुको राम्रो…

असार ३, २०७४ - शनिबार

Always Tourism

टानको पहलमा पोखरामा ५ दिने व्यवसाय व्यवस्थापन तालिम सुरू

पोखरा, टान पश्चिमान्चल क्षेत्रीय संघ, पोखरा र औधोगीक ब्यबसाय बिकास प्रतिष्ठान पोखरा शाखाको संयुक्त आयोजनामा आजबाट ५ दिने “ब्यबसाय ब्यबस्थापन तालिम सुरु भएको छ । औधोगीक ब्यबसाय बिकास प्रतिष्ठानको परिसर, मासबार ७ मा शुरु भएको तालिम कार्यक्रममा २३ जना पदयात्रा पर्यटन ब्यबसायीहरुको सहभागीता रहेको छ । तालिममा प्रतिष्ठानका शाखा प्रमुख एवं बरिष्ठ ब्यबसाय प्रबर्दन अधिकृत…

जेष्ठ २८, २०७४ - आइतवार

Always Tourism

पथिक फाउन्डेसनको जीवनपथ योग शिविर हुँदै

काठमाण्डौ, पथिक फाउन्डेसन सतुङगलले यहि जेठ २६ र २७ गते जीवनपथ सम्बन्धि आवासिय योग शिविर गर्ने भएको छ । आचार्य श्री पथिकले संचालन गर्नुहुने सो ध्यान शिविरमा दैनिक जीवनमा आइपर्ने समस्यालाई कसरी व्यवस्थापन गर्ने र ध्यानलाई कसरी नियमिति कर्ममा ढाल्न सकिन्छ भन्ने बारेमा प्रयोगात्मक कक्षा हुनेछ ।

जेष्ठ २३, २०७४ - मङ्लबार

Always Tourism

काठमाण्डौको सडकमा टानको दौड हुँदै

काठमाण्डौ, १० औ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा  टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले काठमाण्डौमा दौड कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । मे २९ का दिन टान मुख्यालय मालिगाउँबाट सुरु हुने दौड गैह्रीधारा, लैनचौर, पकनाजोल, क्षेत्रपाटी, चाक्सीबारी, लेखनाथमार्ग, दरवारमार्ग हुदै नेपाल पर्यटन बोर्डमा पुगेर समापन गरिने टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । रन…

जेष्ठ ११, २०७४ - बिहिबार

Always Tourism

जेठ १३ गते त्रिशुली नदीमा राफ्टिङ् हुदै

काठमाण्डौ, नेपाल एसोसियसन अफ राफ्टिङ् एजेन्सिज (नारा) ले यहि जेठ १३ गते त्रिशुली नदीमा २९ औ राफ्टिङ् श्र्ङखला कार्यक्रम गर्ने भएको छ । सेभ द रिभर फर टुरिजम भन्ने नारा सहित त्रिशुली नदीको बेल्खुबाट मलेखुसम्म हुने राफ्टिङ् कार्यक्रममा एक सय भन्दा बढिको सहभागिता रहने नाराका अध्यक्ष चन्द्र दाहालले बताउनु भयो । वार्षिक रुपमा आयोजना गर्दै…

जेष्ठ १०, २०७४ - बुधबार

Always Tourism

शनिवार बुढानिलकण्ठबाट टोखा सम्म रमाइलो दौड प्रतियोगिता हुदै

काठमाण्डौ , काठमाण्डौ टेल रेस सेरिज अन्र्तगत ट्रेल रनिङ नेपालको आयोजनामा आउँदो शनिवार मे २७ का दिन बुढानिलकण्ठदेखी टोखासम्म दौड प्रतियोगिता आयोजना हुन लागेको छ । उपत्यका वरिपरिका प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन र स्वास्थ्यको लागि दौड प्रतियोगिता आयोजना गरिएको वेस्ट भ्यू रेष्टुरेन्ट वौद्धका संचालक तथा इभेन्ट पार्टनर नविन तिवारीले बताउनु भयो । १३ किलोमिटर प्रतियोगिका लागि र…

जेष्ठ ८, २०७४ - सोमवार

Always Tourism